नेभिगेसन मेनु

नेपाल–चीन असल छिमेकी र साझेदार
सम्पादक:南亚网络电视
समय:2026-11-19 11:38

RSP-China-1068x861

चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष वाङ स्याओहुई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबिच चेङ्दुमा भेटवार्ता भएको छ । सो अवसरमा नेपाल र चीनबिचको ऐतिहासिक मित्रतालाई विकास र साझा समृद्धि केन्द्रित गर्दै व्यावहारिक सहकार्यमा रूपान्तरण गर्ने विषयमा छलफल भएको छ ।बैठकमा विपत् जोखिम न्यूनीकरण, पूर्वाधार, स्वच्छ ऊर्जा, आधुनिक कृषि, संस्कृति र पर्यटनका विषयमा छलफल भएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । नेपाली पक्षले भरपर्दो तथा दिगो सीमापार यातायात पूर्वाधार निर्माण, पर्वतीय अध्ययन र विपत् उत्थानशीलताका लागि सहकार्य, स्वच्छ ऊर्जा र हरित उद्योग प्रवर्धन, हवाई सम्पर्क तथा व्यापार र युवा तथा डिजिटल नवप्रवर्तनको सहकार्यलाई साझा प्राथमिकताका रूपमा अगाडि सारेको छ । चिनियाँ पक्षले रास्वपा प्रतिनिधिमण्डलको प्रस्तावलाई सकारात्मक रूपमा लिएको खरेलले जानकारी दिनुभयो ।  

मङ्गलबार भएको छलफलमा सचिव वाङले सिचुवान प्रान्तीय पार्टी समिति र सरकारका तर्फबाट नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै प्रान्तको आर्थिक तथा सामाजिक विकासबारे जानकारी दिनुभएको थियो । उहाँले नेपाल र चीन सताब्दिऔँदेखि मैत्री सम्बन्ध कायम राखेका असल छिमेकी र साझेदार रहेको उल्लेख गर्नुभयो । 

गत भदौमा रसुवा जिल्लाको सीमावर्ती क्षेत्रमा आएको गेग्य्रानसहितको बाढीले दुवै देशमा जनधनको क्षति गरेको स्मरण गर्दै वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहलाई समवेदना सन्देश पठाएको स्मरणसमेत गर्नुभयो । उहाँले दुवै देश मिलेर कठिनाइको सामना गरेको भन्दै परम्परागत मित्रताको उत्कृष्ट उदाहरणको संज्ञा दिनुभयो । 

रास्वपा महामन्त्री आचार्यले भदौमा भएको भोटेकोशी विपत्मा ज्यान गुमाएका चिनियाँ नागरिकका परिवारप्रति समवेदना प्रकट गर्दै विपत्पश्चात् चीनले आफ्नै भूमिमा उद्धार र राहतको काम गरिरहँदा नेपालका प्रभावित क्षेत्रमा पनि तत्काल आपत्कालीन सहयोग उपलब्ध गराएको र यो ऐक्यबद्धता नेपालले सधैँ सम्झने बताउनुभयो । स्वच्छ ऊर्जा र हरित उद्योग कलकारखानालाई नेपाली प्रतिनिधिमण्डलले सहकार्यको अर्को प्राथमिक क्षेत्रका रूपमा प्रस्ताव गरेको छ ।    

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी