नेभिगेसन मेनु

टमाटरले उचित मूल्य नपाएको किसानको गुनासो
सम्पादक:南亚网络电视
समय:2026-11-17 16:11

tamatar

दाङमा व्यवसायिक रुपमा टमाटर खेती गर्दै आउनुभएका किसानले टमाटरले उचित मूल्य नपाएको गुनासो गर्नुभएको छ । किसानका अनुसार बजारमा प्रतिकेजी ५० देखि ६० रुपियाँसम्ममा बिक्री हुने टमाटर किसानले भने प्रतिकेजी १५ देखि २५ रुपियाँमा बिक्री गर्न बाध्य हुनुभएको छ ।

किसानको उत्पादनले उचित मूल्य नपाएको भन्दै दुई दिन किसानले बारीबाट टमाटर नटिपेपछि केही रुपियाँ बढेपनि त्यो प्राप्त नभएकोउनुभएको छ । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा पाँच वर्षदेखि छ विगाह जग्गा भाडामा लिएर व्यवसायिक रूपमा टमाटर खेती गर्दै आउनुभएका किसान खड्काले प्रतिकेजी १० रुपियाँभन्दा बढी मूल्य दिन नमानेपछि दुई दिनसम्म बारीबाट टमाटर नटिपेको बताउनुहुन्छ । किसानले टमाटर टिप्न छाडेपछि व्यवसायीले केही मुल्य बढाएपनि त्यो अझै उत्पादन लागत अनुसारको मूल्य हुन नसकेको बताउनुहुन्छ । 

 प्रतिकेजी १० देखि १५ रुपियाँमा टमाटर बिक्री गर्दा किसानलाई घाटा हुने भएकाले टिप्नुभन्दा बारीमै सडोस भन्ने उद्देश्यले टमाटर नटिपेपछि मूल्य बढेर २५ पुगेको बताउनुहुन्छ । जिल्लामा टमाटरको उत्पादन बढेको समयमा व्यापारीले भारतबाट टमाटर ल्याउँदा अहिले टमाटरको मूल्यमा समस्या देखिएको बताउनुहुन्छ । उहाँका अनुसार गत वर्ष यही समयमा ६० देखि ६५ रुपियाँ प्रतिकेजीका दरले टमाटर बिक्री हुने गरेको थियो ।

 टमाटरले मुल्य नपाउँदा किसान समस्यामा परेको भन्दै खड्का भन्नुहुन्छ,‘नटिपे टमाटर धेरै दिन टिक्दैन, टिपे बजारमा मूल्य छैन ।’ किसान संघर्ष समितिका सदस्य समेत रहनुभएका खड्काले सरकारले किसानबाट खरिद गर्ने र उपभोक्तालाई बिक्री गर्ने मुल्य निर्धारण गर्न सके उत्पादक किसान र उपभोक्ता दुवैलाई राहत पुग्ने बताउनुहुन्छ ।

खड्काको जस्तै भनाई छ, घोराही उपमहानगरपालिका–१८ मसिना निवासी किसान पूर्ण मल्लको । विगत १० वर्षदेखि १२ बिगाह जग्गामा व्यवसायिक रूपमा टमाटर खेती गर्दै आउनुभएका मल्लले गतबर्षको तुलनामा दोब्बर घटेको बताउनुनुहुन्छ । टमाटरको उत्पादनमा वृद्धिसँगै सिजनमा भारतबाट टमाटर भित्रिँदा किसान समस्यामा परेको बताउनुहुन्छ । तयार हुँदै गरेको टमाटर बारीमै कुहिन दिनुभन्दा थोरै मूल्यमा भएपनि किसानलाई बिक्री गर्नुपर्ने बाध्यता भएको बताउनुहुन्छ । किसानबाट खरिद मूल्य र बजारमा बिक्री मूल्यमा ठुलो अन्तर रहेको छ । उहाँले भन्नुभयो,“उत्पादक किसान र व्यवसायीबीच मूल्यमा ठुलो अन्तर छ, त्यसको असर उपभोक्तामा परेको छ ।’ कृषि ज्ञान केन्द्र, दाङका अनुसार जिल्लामा घोराहीको मसिना, हापुर, तेरौटे, नारायणपुरसँगै देउखुरी र तुलसीपुरका विभिन्न क्षेत्रमा करिब छ सय बिगाह क्षेत्रमा टमाटर खेती हुने गरेको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी