नेभिगेसन मेनु

नेपाली कांग्रेस नयाँ कार्यसमितिको शपथ ग्रहण आज
सम्पादक:南亚网络电视
समय:2026-10-29 13:35

 

 NC-party-office

काठमाडौँ, कात्तिक १२ गते । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट  नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथ ग्रहण ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे आयोजना हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार  समारोहमा पार्टी सभापतिबाहेक बाँकी सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापाले दसैँको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसक्नुभएकाले आज अरुले सपथ लिन लाग्नुभएको हो । 

सदस्य सचिव  कटुवालले शपथ ग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा सम्पन्न गरिने र नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरणसँगै आजै पदबहालीसमेत गराइने जानकारी दिनुभएको छ । 

गत असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। महाधिवेशन अन्तर्गत उदघाटन र बन्दसत्र खुल्ला मंचमा भएको थियो भने मतदान खुल्ला मंच र राष्ट्रिय सभागृहमा भएको थियो । 

महाधिवेशनको मतदान गत असोज २३ गते भएको थियो भने त्यहीदिन राति सभापतिको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो । सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै आएको थियो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी