नेभिगेसन मेनु

नेपाल–चीन स्वास्थ्य सहकार्यको कथा समेटिएको "नमस्कार, मेरा चिनियाँ डाक्टर" वृत्तचित्रको नेपाली संस्करण प्रदर्शनी कार्यक्रम सम्पन्न
सम्पादक:南亚网络电视
समय:2026-11-15 16:11

ScreenShot_2026-11-15_123504_227साउथ एसिया नेटवर्क टिभी, काठमाडौ, कात्तिक २९ |  नेपाल–चीन स्वास्थ्य सहकार्यको कथा समेटिएको "नमस्कार, मेरा चिनियाँ डाक्टर" वृत्तचित्रको नेपाली संस्करण प्रदर्शनी कार्यक्रम आइतबार काठमाडौँमा सम्पन्न भएको छ।

ScreenShot_2026-11-15_124142_740

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चौ फान, नेपालका लागि चिनियाँ चिकित्सिा सहायता टोली, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। 

आइतबार चाइना मिडिया ग्रुप एशियाली तथा अफ्रिकी भाषा कार्यक्रम केन्द्र र साइनो नेपाल मिडिया सोसाइटीले काठमाडौंमा आयोजना गरेको "नमस्कार, मेरो चिनियाँ डाक्टर" वृत्तचित्र प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अस्पतालको स्तरोन्नति तथा संस्थागत विकासका लागि थप प्राविधिक सहयोग, विशेषज्ञ जनशक्ति उत्पादन र शैक्षिक सहकार्य आवश्यक रहेको बताएका हुन् ।

उनले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रियस्तरको क्यान्सर अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका रूपमा विकास गर्न चीन सरकारसँग सहयोगका लागि आग्रह गरेका छन् ।

ScreenShot_2026-11-15_123706_421

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा चीनले पुर्याएको योगदानको प्रशंसा गर्दै विशेषगरी बागमती प्रदेशको स्वास्थ्य पूर्वाधार विकास र गुणस्तरीय सेवा प्रवाहमा चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताए।

चिनियाँ चिकित्सकहरूले नेपाली चिकित्सकसँग सहकार्य गर्दै जटिल शल्यक्रिया, आधुनिक उपचार पद्धतिको हस्तान्तरण तथा बोनम्यारो ट्रान्सप्लान्ट सेवा विस्तारमा योगदान गरेको उनले बताए।

ScreenShot_2026-11-15_123603_269

कार्यक्रममा नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चौ फानले नेपाल र चीनबीच स्वास्थ्य क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप विस्तार गर्न चीन इच्छुक रहेको बताए

उनले नेपाल र चीनबीचको परम्परागत मित्रता लामो समयदेखिको रहेको उल्लेख गर्दै स्वास्थ्य सहकार्य दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको महत्त्वपूर्ण हिस्सा भएको बताए ।

ScreenShot_2026-11-15_123539_053

कार्यक्रममा नेपालका लागि चिनियाँ चिकित्सिा सहायता टोलीका प्रतिनिधिले नेपालमा स्वास्थ्य सेवा प्रदान गर्दाका वास्तविक अनुभव सुनाएका थिए । उनले एक वर्षमा मात्रै ५०० भन्दा बढी नेपाली स्वास्थ्यकर्मीलाई विभिन्न चिकित्सकीय विधि र प्रविधिबारे तालिम प्रदान गरिएको बताए ।

ScreenShot_2026-11-15_125050_748

वृत्तचित्र "नमस्कार, मेरा चिनियाँ डाक्टर" चीनको राष्ट्रिय स्वास्थ्य आयोग र चाइना मिडिया ग्रुपको संयुक्त पहलमा निर्माण गरिएको हो । यसले चिनियाँ चिकित्सकहरूले बिरामीको उपचार र जीवन रक्षाका लागि गरेको समर्पण तथा मानवीय सेवाका कथाहरू प्रस्तुत गरेको छ । वृत्तचित्रमा नेपालमा स्वास्थ्य सेवा प्रदान गर्दै आएका एक चिनियाँ चिकित्सकको अनुभव, सेवा र नेपाली नागरिकसँगको आत्मीय सम्बन्ध प्रस्तुत गरिएको छ । वृत्तचित्रमा मुख्यतः नेपालका अस्पतालमा चिनियाँ चिकित्सकले नेपाली स्वास्थ्यकर्मीसँग मिलेर बिरामीको उपचार गरेको, क्यान्सरलगायतका रोगबाट पीडित बिरामीलाई उपचार सेवा दिएको र नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नयाँ उपचार प्रविधिबारे तालिम प्रदान गरेको दृश्य देखाइएको छ ।

समग्रमा, यो चीन र नेपालबीचको चिकित्सा सहकार्य, मानवीय सेवा, चिकित्सकीय ज्ञान तथा सीप आदानप्रदान र दुई देशका नागरिकबीचको मित्रतालाई उजागर गर्ने वृत्तचित्र हो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी