
नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा डा. सुधा शर्मा र बब्लु गुप्ता मन्त्री नियुक्त भएका हुन्। शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्।





