नेभिगेसन मेनु

तोलामा ६ हजार ३ सय रुपैयाँ घट्यो सुन
सम्पादक:南亚网络电视
समय:2026-11-18 16:13

gold-image-generatad-by-ai (1)

सुनको मूल्य घट्ने क्रम जारी छ । बुधबार अघिल्लो दिनको तुलनामा सुन तोलामा ६ हजार ३ सय रुपैयाँ घटेको छ ।

यो मूल्य घटेसँगै आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँ कायम गरेको छ ।

तिहारयता सुनको मूल्य २३ हजार ४ सय रुपैयाँ घटिसकेको छ । तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा ११० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ३८० रुपैयाँमा झरेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी