अन्नपूर्णको काखमा, जहाँ हरेक दृश्य एक चित्रकला झैं देखिन्छ।
एस् ए टी भी, २३ असोज,२०८२, काठमाडौंः अन्नपूर्ण आधार शिविर (ABC) अक्टोबर महिनामा फेरि पनि आफ्नो अद्भुत सौन्दर्यले यात्रुहरूलाई आकर्षित गरिरहेको छ। स्वच्छ आकाश, सुनौलो बिहान र सेताम्मे हिमालको चमकले यो ठाउँलाई अझ मनमोहक बनाएको छ। शरद ऋतुको ताजगीमा अन्नपूर्ण क्षेत्र नेपालकै सबैभन्दा लोकप्रिय ट्रेकिङ गन्तव्यका रूपमा पुनः चर्चा बटुल्दै छ, जहाँ आन्तरिक तथा विदेशी पर्यटकहरू हिमालको शान्ति र साहसिक सौन्दर्य अनुभव गर्न आउँदै छन्।
तस्बिरहरू: