नेभिगेसन मेनु

स्वरूप परिवर्तन गरी चर्को आवाजमा सवारी चलाउनेमाथि निगरानी
सम्पादक:南亚网络电视
समय:2026-11-17 15:53

trafik1

सवारीसाधनको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै चलाउने प्रवृत्तिले ध्वनि प्रदूषण बढाउनुका साथै सडक दुर्घटनाको जोखिमसमेत बढाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार स्वरूप परिवर्तन गरिएका सवारीसाधनबाट निस्कने चर्को आवाजले वृद्धवृद्धा, बालबालिका तथा सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको छ । यसले विद्यार्थीको पढाइमा बाधा पुर्‍याउनुका साथै रातिको शान्त वातावरणसमेत खल्बल्याउने गरेकाले निगरानी बढाइएको उहाँले बताउनुभयो ।

यस्ता गतिविधिले सडक दुर्घटनाको जोखिम पनि बढाउने भएकाले सार्वजनिक शान्ति, नागरिकको स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पारिरहेको प्रवक्ता सुवेदीले बताउनुभयो । 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा अधिकारप्राप्त अधिकारीको स्वीकृतिबिना सवारीसाधनको रङ, सिट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी हेरफेर गर्न नपाइने व्यवस्था छ ।

ध्वनि तथा वातावरण प्रदूषण नियन्त्रणका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी विभिन्न क्षेत्रमा हर्न निषेध क्षेत्र तोक्ने, सवारीसाधनको नियमित यान्त्रिक परीक्षण तथा प्रदूषण जाँच गर्ने कार्य गर्दै आएको सुवेदीले बताउनुभयो ।

साथै, सवारीसाधनको अनुगमन तथा निगरानी गरी नियमविपरीत कार्य गर्नेमाथि कारबाहीसमेत गर्दै आएको उहाँको भनाइ छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी