नेभिगेसन मेनु

श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु
सम्पादक:南亚网络电视
समय:2026-11-17 15:55

death

 सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा श्रीमान्ले ढुङ्गाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मङ्गलबार राति करिब १ बजे सामान्य विवादका क्रममा ४२ वर्षीय मनोज कार्कीले आफ्नी ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीको टाउकोमा ढुङ्गाको लोहोरो प्रहार गरेका थिए । गम्भीर चोट लागेकी सानुकुमारीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

घटनाबारे राति १ः१५ बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घटनामा संलग्न मनोजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी