नेभिगेसन मेनु

फाइनल प्रवेशका लागि आज चितवन र सुदूरपश्चिमबिच निर्णायक भिडन्त
सम्पादक:南亚网络电视
समय:2026-11-19 11:33

cricket

 नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करणमा फाइनल प्रवेशको अन्तिम अवसरका लागि आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने खेल दुवै टोलीका लागि फाइनल पुग्ने निर्णायक प्रतिस्पर्धा हुनेछ ।

पहिलो क्वालिफायरमा पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न बाध्य भएको सुदूरपश्चिम र इलिमिनेटरमा जित निकाल्दै अघि बढेको चितवनबिचको भिडन्त रोचक हुने अपेक्षा गरिएको छ । दुवै टोलीको लक्ष्य शनिबार हुने फाइनलमा स्थान सुरक्षित गर्नु हो ।

प्रतियोगिताको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स लुम्बिनी लायन्ससँग छ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले २० बल बाँकी छँदै चार विकेट गुमाएर पूरा गरेको थियो। उक्त जितसँगै लुम्बिनीले फाइनलमा स्थान बनाइसकेको छ ।

यता चितवन राइनोजले भने इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । बुधबार भएको खेलमा प्रभावशाली प्रदर्शन गरेको चितवनले काठमाडौंलाई प्रतियोगिताबाट बाहिर पठाउँदै सुदूरपश्चिमसँगको भेट पक्का गरेको थियो ।

अब चितवनका लागि इलिमिनेटरमा देखाएको प्रदर्शनलाई निरन्तरता दिने चुनौती छ भने सुदूरपश्चिम पहिलो क्वालिफायरको हार बिर्सेर पुनरागमन गर्ने लक्ष्यमा हुनेछ । दबाबपूर्ण अवस्थामा हुने यस खेलमा जित निकाल्ने टोलीले उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी