नेभिगेसन मेनु

चिनियाँ दूतावासले आफ्ना नागरिकलाई भन्यो: भुलेर पनि नेपाल-भारत सीमामा नजानू, फोटो नखिच्नू
सम्पादक:南亚网络电视
समय:2025-05-09 17:35


china-flag-1746782419

एस्  ए टी भी २६ वैशाख, काठमाडौंः काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरुलाई नेपाल र भातको सीमा क्षेत्रमा नजान आग्रह गरेको छ।

दूतावासले भारत र पाकिस्तानबीच तनाव बढेकाले भूलवश पनि भारतीय सीमानाभित्र प्रवेश नगर्न भनेको छ।

दूतावासले नेपाल र भारतको बीचमा खुला सीमाना रहेको र केही ठाउँमा मात्र सीमानबारे सूचना रहेको उल्लेख गर्दै नेपाली र भारतीय नागरिक एक अर्को मुलुकमा खुला रुपमा हिँडडुल गर्न सक्ने अवस्था भए पनि चीन लगायतका तेस्रो देशका नागरिक भिसा बेगर यात्रा गर्न नसक्ने सूचित गरेको छ।

'नेपाल भ्रमण गर्ने चिनियाँ नागरिकलाई हामी नेपाली गाइडहरुलाई आँखा चिम्लिएर विश्वास नगर्न, भूलवश पनि भारतीयी बोर्डरमा भिसा बेगर प्रवेश नगर्न र हचुवा ढंगले र व्यक्तिगत असावधानी नअपनाउन आग्रह गर्दछौँ', विज्ञप्तीमा भनिएको छ, 'भूलवश पनि भारत प्रवेश गरे दुई देखी ८ वर्ष जेल सजाय र जरिवना हुनसक्छ। साथै त्यहाँ जमानत पाउन मुस्किल छ।'

दूतावासले सूचनामा नेपाली र भारतीय सुरक्षा अंगले चेक जाँच बढाएको र संयुक्त गस्ती गरिरहेको उल्लेख गरेको छ। साथै भारतीय पक्षले सीमाका संवदेनशील क्षेत्रमा नियन्त्रण र जाँच बढाएको जनाइएको छ।

नेपालबाट भारत जानैपर्ने भए पहिला नै भिसा प्राप्त गर्न पनि दूतावासले आफ्ना नागरिकलाई आग्रह गरेको छ। साथै आफ्ना नागरिकहरुलाई भारतीय सीमा चेकपोस्ट र सवारी साधनको फोटो नखिच्न समेत आग्रह गरेको छ। दूतावासले भारतमा रहँदा पनि अनुमति नभएका स्थानमा नजान नागरिकहरुलाई सचेत गराएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
प्रकाशन
पृष्ठ सूची
स्पोन्सर AD
पृष्ठ सूची

नयाँ समाचार

उप्पर