
लहान नगरपालिका –२३ तिलेबोनाका रामसागर यादव दुई महिना आगाडि वैदेशिक रोजगारमा मलेसिया पुग्नुभएको थियो । यादवको त्यहि मृत्यु भएको थियो ।
मृतक यादवको परिवारलाई मलेसियामा रहेका २५ जना कामदारहरुले ५७ हजार ४५५ रुपियाँ सङ्कलन गरी पठाएको रकम स्थानीय सुकदेव साह, अमन यादव र दिनेश यादवमार्फत आज घरमै पुगेर सहयोग गरेको छ।
सिरहा १ का सांसद बब्लु गुप्ताले राजदुतावासको माध्यमबाट पहल गरेपछि शव घर ल्याइएको थियो । मृतक यादवको दुई छोरा र दुई छोरी पत्नी र आमा हुनुहुन्छ । राम सागरको मृत्युले ठुलो पारिवारिक सङकट आएको समाजसेवी विष्णु गुप्ताले बताउनुभयो । थोरै भए पनि यस सहयोगले राहत हुने उहाँले बताउनुभयो।












