नेभिगेसन मेनु

राप्ती सफाइमा जुटे अभियन्ता र जनप्रतिनिधि
सम्पादक:南亚网络电视
समय:2026-11-17 15:51

Sarsafai-1

 नदी सभ्यता संरक्षणको लक्ष्य राखेर हेटौडाको नगर प्रमुख लगायत अभियन्ताहरु जुटेका छन् । डिभिजन वन कार्यालय हेटौडाको आयोजना तथा उपमहानगरको सहकार्यमा विभिन्न संघ संस्थाको सहभागितामा राप्ती सफाइ अभियान अन्तर्गत चौथो राप्ती नदी सरसफाइ दिवसमा नदी सफाइ गरिएको हो ।

स्वच्छ राप्ती र आदिबासी पहिचान, वन्यजन्तु र जलचर संरक्षण हाम्रो साझा अभियान भन्ने नारासहित हेटौंडा वडा १० बाट राप्ती नदी सफाइ गरिएको हो । २०७२ सालमा सुरु गरिएको मकवानपुरको भिमफेदी, हेटौंडादेखि चितवनको गोलाघाटसम्म राप्ती सरसफाइ महाभियान जारी छ । जस अन्तर्गत मंसिर १ गते विशेष अभियानसहित सफाइ गरिन्छ । 

नदी सफा राख्ने पहिलो उद्देश्य रहेको आयोजकले जनाएको छ । राप्ती नदी राष्ट्रिय निकुञ्ज भएर बग्ने नदी भएकोले पनि सफाइ आवश्यक रहेकाले यो अभियान थालिएको डिभिजन वन कार्यालयप्रमुख राकेशप्रसाद चन्द्रबंशीले बताउनुभयो ।

राप्ती नदीसँग गैडा, हात्ती, डलफिनलगायत वन्यजन्तुको जीवन पनि जोडिएकाले नदी सफाइ अन्यन्त महत्वपूर्ण छ” डिभिजन वन प्रमुख चन्द्रवंशीले भन्नुभयो । फोहोरले पानीको गुणस्तरलाई बिगार्नेसँगै जीवन नै नष्ट गर्ने चुनौती बढेको चन्द्रवंशीले बताउनुभयो । 

यस्तो सफाइ बार्षिक रुपमा हैन महिनामा एक पटक सबै जुट्नुपर्छ, दैनिक व्यक्तिले आफ्नो वरपरको नदी सफा राख्नुपर्ने भएकाले जनचेतनाको पाटोलाई सशक्त बनाउनु पर्ने उहाँले बताउनुभयो ।

जलचर तथा निकुञ्जको वन्यजन्तुले पानी पिउने क्रममा प्लास्टिक पनि खाँदा स्वास्थ समस्या बढेको चन्द्रबंशीले बताउनुभयो । धार्मिक संस्कारपछि पूजाको सामग्री खोलामा फाल्ने परम्पराले समस्या बढेको उहाँले औल्याउनुभयो ।

यसैगरी औद्योगिक सामग्री बोक्ने गाडी धुने, होटलको सफाइ खोलामा फाल्दा नदीको फोहोर बढेको छ । “नदीमा आएर चोख्खिने संस्कारका हामी, झन् फोहोर हुने पीडा भयो” चन्द्रबंशीले भन्नुभयो । आगामी दिनमा नियमित रुपमा सफाइ गर्ने योजना रहेको उहाँले बतानुभयो ।

नदी सफाइमा सहभागी नगर प्रमुख मिनाकुमारी लामाले राप्ती जोगाउन सकिँदा सबै जिवको जीवन जोगाउन सकिने बताउनुभयो । अभियानलाई कुनै दिन विशेषभन्दा पनि दैनिक सफाइ गर्नुपर्ने लामाले बताउनुभयो ।

मंगलबार मकवानपुर जिल्लामा मात्रै विभिन्न ३ स्थानबाट नदी सफाइ गरेको वन अधिकृत वसन्तराज गौतमले बताउनुभयो । उहाँका अनुसार भिमफेदी, हेटौंडा र त्रिवेणी धाम क्षेत्रबाट राप्तीको फोहोर संकलन गरिएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
प्रकाशन
पृष्ठ सूची
स्पोन्सर AD
पृष्ठ सूची

नयाँ समाचार

माथी