नेभिगेसन मेनु

फेवा किनारमा दसैं महोत्सव, विदेशीले लगाए टीका
सम्पादक:南亚网络电视
समय:2026-10-26 12:17

 

 tika2

काठमाडौँ, कात्तिक ७ गते । पर्यटकीय नगरी पोखराले हरेक चाडपर्वलाई उत्सव एवम् महोत्सवका रुपमा मनाउँदैआएको छ । आइतबार दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा फेवाताल किनारमा महोत्व आयोजना गरिएको छ ।  

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले आयोजना गरेको दसैं पर्यटन तथा सांस्कृतिक महोत्सवमा स्वदेशी र विदेशीलाई टीका, जमरा लगाई सामूहिक रुपमा उत्सव मनाइएको छ । समारोहमा उपस्थित दुई दर्जनभन्दा बढी विदेशी र सयौं स्वदेशीलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य लगायतले टीका, जमरासहित आशिस प्रदान गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख आचार्यले पोखरा सबै मौसमका लागि उपयुक्त पर्यटकीय गन्तव्य भएको उल्लेख गर्नुभयो । “न त यहाँ धेरै गर्मी हुन्छ, न त धेरै जाडो हुन्छ । मौसमका हिसाबले पोखरा संसारकै दुलर्भ ठाउँ हो” उहाँले भन्नुभयो, “यो सबै मौसमका लागि उपयुक्त छ ।”

नेपालीको अघिल्लो पुस्ताले कृषिलाई आधार बनाएर केही फुर्सदका बेला चाडपर्व मनाउने चलन बसाएको उल्लेख गर्दै उहाँले दसैं, तिहारजस्ता चाडपर्वले पारिवारिक पुनर्मिलन र आत्मीयता बढाउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “चाडपर्वको आशीर्वाद, कामना, गतिविधिले नयाँ शक्ति दिन्छ, सकारात्मक सोच लिएर परिवारको सदस्यको पुनर्मिलन गराउँछ” उहाँले भन्नुभयो । 

पोखरा पर्यटन परिषद् अध्यक्ष हरि भुजेलले दसैं महोत्सवले पर्यटनमा नयाँ आयाम थपिएको दाबी गर्नुभयो । दसैं संस्कृतिलाई पर्यटनसँग जोड्ने प्रयास सकारात्मक भएको विचार राख्दै उहाँले पर्वहरुलाई पनि पर्यटको आकर्षणका रुपमा विकास गर्न सकिने बताउनुभयो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी