नेभिगेसन मेनु

चीनको १४ सदस्यीय साहित्यिक टोली काठमाडौँमा
सम्पादक:南亚网络电视
समय:2026-11-04 19:38

IMG_6374

 जनवादी गणतन्त्र चीनको  साहित्यिक एवं सांस्कृतिक टोली काठमाडौँ आइपुगेको छ । लु छुन कल्चरल फाउन्डेसनका अध्यक्ष झाउ लिङफेई नेतृत्वको टोलीलाई  एसएस फाउन्डेसनले काठमाडौँमा विशेष समारोहबिच स्वागत एवम् सम्मान गरेको छ ।

फाउन्डेसनका संरक्षक शोभित उप्रेती र अध्यक्ष मदनदास श्रेष्ठले मित्र राष्ट्र चीनका सर्जकहरूको भ्रमणले एक अर्काको संस्कृति, साहित्य र सभ्यताको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।  

समारोहमा नेपाली पहिचान झल्काउने कौडा, हुड्क्यौली र नेवारी गीत संगीत प्रस्तुत गरिएको थियो । चिनियाँ टोलीले पाटन दरबार लगायत उपत्यकाका ऐतिहासिक एवम् पुरातात्त्विक क्षेत्रको अवलोकन पनि गरेको थियो ।

 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी