नेभिगेसन मेनु

बढ्दै छन् कफी पारखी
सम्पादक:南亚网络电视
समय:2026-11-17 11:42

234

 विगतमा निर्यातमुखी उत्पादनका रूपमा हेरिने कफीको खपत अहिले मुलुकभित्र पनि उल्लेख्य बढेको पाइएको छ । देशभित्र कफी पारखी बढ्दै जाँदा देशभित्रै उत्पादित कफीको ठुलो हिस्सा आन्तरिक खपतमै उपयोग हुने तथ्याङ्कले देखाएको छ । यसबाहेक आयातित कफीको परिमाण पनि बढ्दो छ । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा उत्पादित ७९० मेट्रिक टन कफी मध्ये ७१ मेट्रिक टन मात्र निर्यात भएको छ । बाँकी आन्तरिक बजारमा खपत भएको छ । 

खपत वृद्धि भई स्थानीय उत्पादनले माग धान्न नसक्दा बाहिरी मुलुकबाट ठुलो परिमाणमा आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा १९ करोड ४७ लाख १७ हजार रुपियाँ बराबरको २५९ मेट्रिक टन कफी आयात भएको छ । सो अवधिमा नेपालबाट १४ करोड ४९ लाख ५७ हजार रपियाँ ७१ मेट्रिक टन निर्यात भएको छ । 

यस्तै आव २०८१/८२ मा १४ करोड ४१ लाख रुपियाँ बराबरको २०३ मेट्रिक टन कफी आयात भएकोमा ११ करोड ४३ लाख रुपियाँ बराबरको ६३ मेट्रिक टन निर्यात भएको छ । आव २०८०/८१ मा ४१ करोड ९८ लाख रुपियाँ बराबरको ४४३ मेट्रिक टन कफी आयात भएको थियो भने १४ करोड ९२ लाख रुपियाँ बराबरको ८८ मेट्रिक टन कफी निर्यात भएको थियो । बोर्डका प्रवक्ता दीपक खनालका अनुसार आन्तरिक बजारमा खपत बढ्दै गएको र अपेक्षा अनुसार उत्पादन नहुँदा कफी आयात बढ्दै गएको हो । “कफीका पारखी बढ्दै जाँदा पछिल्लो समय ठाउँ ठाउँमा कफी सप खोल्ने क्रम बढ्दै छ, जसले गर्दा कफीको आन्तरिक खपत बढ्दै गएको छ ।” उहाँले भन्नुभयो । 

बोर्डका अनुसार कफीको उत्पादन बढाउन ५० रोपनी जमिनमा चक्लाबन्दी खेती कार्यक्रम सञ्चालन गरिएको र बिरुवा उत्पादन गर्न नर्सरी बनाउने किसानलाई ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । यस्तै तीन वर्षदेखि राजमार्गकेन्द्रित १० रोपनी जमिनमा नमुना कफी खेती सञ्चालन गरिएको बोर्डले जनाएको छ । नेपालमा उत्पादित कफी जापान, कोरिया, स्विट्जरल्यान्ड, अस्टेलिया, क्यानडा र भारतमा निर्यात हुने गरेको छ । नेपालमा आयात हुने अधिकांश कफी भारतबाट आउने गरेको छ । 

उत्पादन पनि बढ्दै

कफी खपतसँगै यसको खेतीको क्षेत्रफल पनि बढ्दै गएको छ । बोर्डका अनुसार आव २०८२/८३ मा ६ हजार १६६ हेक्टर क्षेत्रफलमा ७९० मेट्रिक उत्पादन भएको छ । यस्तै २०८१/८२ मा पाँच हजार ५०१ हेक्टर क्षेत्रफलमा ६४१ मेट्रिक टन उत्पादन भएको थियो । यस्तै आव २०८०/८१ मा चार हजार ३०९ हेक्टर क्षेत्रफलमा ५०१ मेट्रिक टन, आव २०७९/८० मा तीन हजार ६५५ हेक्टर क्षेत्रफलमा ३९४ मेट्रिक टन कफी उत्पादन भएको छ । हाल ४५ जिल्लामा कफी खेती गरिँदै आएको छ । 

मङ्गलबार विभिन्न कार्यक्रममा गरेर २२ औँ राष्ट्रिय कफी दिवस मनाइँदै छ । कफीको उत्पादन र प्रवर्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष  मङ्सिर १ मा सो दिवस मनाउने गरिन्छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी