नेभिगेसन मेनु

बगैँचा सुदृढीकरण गर्न चवन्न लाख
सम्पादक:南亚网络电视
समय:2026-11-17 15:59

IMG_3208-सुन्तला-बगैँचा-सुदृढीकरणमा-५४-लाख-विनियोजन

 तनहुँमा सुन्तला उत्पादन बढाउन पुराना बगैँचाको स्याहार, रोग र किरा नियन्त्रण र नयाँ क्षेत्र विस्तारका कार्यक्रम सञ्चालन गरिने भएको छ । सुन्तला खेतीलाई व्यावसायिक बनाउँदै उत्पादन र किसानको आम्दानी बढाउने उद्देश्यले बगैँचा व्यवस्थापन तथा क्षेत्र विस्तारका लागि चवन्न लाख विनियोजन गरिएको हो ।

कृषि विकास कार्यालय तनहुँका सूचना अधिकारी किरण परियारले बगैँचा सुदृढीकरण अन्तर्गत पुराना तथा उत्पादन घट्दै गएका बोटको काँटछाँट, बगैँचाको सरसफाइ, मलखाद व्यवस्थापन, रोग तथा किरा नियन्त्रण र आवश्यकता अनुसार नयाँ बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । यसबाट पुराना बगैँचाको उत्पादन क्षमता बढाउनुका साथै सुन्तला खेतीका लागि उपयुक्त नयाँ क्षेत्रमा विस्तार गर्न सहयोग पुग्ने छ ।

कार्यालयले किसानलाई बगैँचा व्यवस्थापनसम्बन्धी प्राविधिक सेवा तथा आवश्यक सल्लाह उपलब्ध गराउने जनाएको छ । सुन्तलाका बोटको उचित स्याहार र रोग नियन्त्रण हुन नसक्दा उत्पादनमा कमी आउने भएकाले बगैँचा व्यवस्थापनलाई प्राथमिकता दिइएको परियारले बताउनुभयो । 

जिल्लामा एक हजार ६७० हेक्टरमा सुन्तला खेती हुँदै आएको छ । आर्थिक वर्ष २०८२/८३ मा फलफूल बगैँचा व्यवस्थापन तथा क्षेत्र विस्तारका लागि ३७ लाख ५० हजार रुपियाँ विनियोजन गरिएको थियो ।  गत आवमा जिल्लामा ११ हजार ८२२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सो अवधिमा सुन्तला बिक्रीबाट ४२ करोड ५० लाख आम्दानी भएको थियो ।    

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी