
विश्व विजेता स्पेन युइएफए नेसन्स लिग अन्तर्गत आइतबार राती भएको खेलमा इंग्लयान्ड्सँग ३-२ ले पराजित भएको छ ।
घरेलु मैदानमै बेहोरेको यो हारपछि स्पेनको लगातार ४३ खेलमा अपराजित यात्रामा पनि ब्रेक लागेको छ ।
मड्रिडस्थित रियाद एअर मेट्रोपोलिटानोमा भएको खेलमा थोमस टुचेलको टिम इंग्ल्यान्डले विश्व विजेता स्पेन विरुद्ध ३-० को अग्रता बनाएको थियो । पछि स्पेनले दुई गोल फर्काएपनि हार टार्न सकेन ।
ह्यारी केनले ४५औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई पहिले अग्रता दिलाएका थिए । एज्री कोन्साले ५३औं र बेन ह्वाइटले ५७औं मिनेटमा गोल गर्दै इंग्लयान्डले ३-० को अग्तरा दिलाएका थिए ।
तीन गोलको अग्रता लिएको अवस्थामा इंग्लयान्डका एलिओट एन्डरसन रातो कार्ड सामना गर्दै मैदान बाहिरिएपछि दश खेलाडीमा समेटियो । लामिन यमाललाई फल गरेपछि एन्डरले रातो कार्ड पाउ स्पेनले पेनाल्टी अवसर पायो ।
त्यसमा मिकेल ओजाबायलले ६५औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गर्दै स्पेनलाई खेलमा फर्काउने प्रयास गरे । त्यसयता ७५औं मिनेटमा निको विलियम्सले दोस्रो गोल गरे । तर त्यसपछि गोल थप्न सकेन ।
युइएफ नेसन्स लिगको लिग ए अन्तर्गत ग्रुप थ्री मा रहेका स्पेन र इंग्लयान्ड यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् । समूहको अन्तिम खेल जितेपछि इंग्ल्यान्ड शीर्ष स्थानमा उकद्या स्पेन दोस्रो स्थानमा रह्यो ।














