नेभिगेसन मेनु

मलेसियासँग हार बेहोरेको नेपालले उपाधिका लागि हङकङसँग भिड्ने
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-08-25 18:52

Nepal-womens-cricket-team

काठमाडौं, भदाै ८ गते। मलेसियामा जारी चारदेशीय ट्वान्टी–२० महिला क्रिकेट शृङ्खलाको नेपालले फाइनलमा हङकङसँग खेल्ने भएको छ ।

शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा घरेलु टिम मलेसियासँग ६ विकेटले पराजित भए पनि नेपाल रनरेटका आधारमा शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । 

तीन खेलबाट समान चार अंक जोडे पनि नेपाल शीर्ष, हङकङ दोस्रो र मलेसिया तेस्रो स्थानमा रहे । पुछारको कुवेत भने अंकविहीन रह्यो ।

Nepali Team1692959650

शुक्रबार नेपालले प्रस्तुत गरेको ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । वर्षाका कारण खेल १८ ओभरमा घटाएको थियो । 

मलेसियाको जितमा एइना हमिजाह हासिमले अविजित ३७ र माहिरा स्मालइलले २१ रन जोडे । नेपालका लागि पूजा महतो, कविता जोशी र सीता रानामगरले समान एक विकेट लिए ।

टस हारेर ब्याटिङमा आएको नेपालले १८ ओभरमा सात विकेट गुमाएर ८३ रनको योगफल खडा गरेको थियो । तर, डकवर्थ लेविस पद्धति (डीएलएस)अनुसार मलेसियाले ८५ रनको लक्ष्य पाएको थियो । 

नेपालकी कप्तान रुबिना क्षेत्रीले २३ रन बनाएकी थिइन् । इन्दु बर्माले २० र काजल श्रेष्ठले १८ रन बनाउनु बाहेक टिमको खातामा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मलेसियाकी एइना हमिजाह हासिम, महिराह इजाती इस्माइल र नुर दानिया सुहादाले समान दुई विकेट लिए । यस्तै, आइसा एलिसा फिर्दाउजले एक विकेट लिइन् ।

यसअघि नेपालले पहिलो खेलमा हङकङविरुद्ध ६ विकेटले र दोस्रो खेलमा कुवेतविरुद्ध ३४ रनको जित निकालेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर