नेभिगेसन मेनु

नेदरल्यान्ड्सलाई निराश पार्दै स्पेन सेमिफाइनलमा
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-08-11 13:54

thumb (7)

वेलिङटन — किशोर खेलाडी सलमा पारालेलोले अतिरिक्त समयमा गरेको उत्कृष्ट गोलको मद्दतले स्पेनले नेदरल्यान्ड्सलाई २–१ ले पराजित गर्दै महिला विश्वकप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा रहेको थियो ।

खेल टाइब्रेकरतर्फ अग्रसर भइरहेको बेला पारालेलोले १ सय ११ औं मिनेटमा निर्णायक गोल गरेकी हुन् । स्पेन महिला विश्वकपको सेमिफाइनल पुगेको यो पहिलो पल्ट हो । हारले पछिल्लो विश्वकपको उप–विजेता नेदरल्यान्ड्सको चुनौती समाप्त भएको छ ।

स्पेनका लागि मारिना काल्डेनट्रीले पेनाल्टीबाट ८१ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएकी थिइन् । डच खेलाडी स्टेफान भान डेर ग्राटले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि स्पेनको भाग्य खुलेको हो ।

तर दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा भान डेर ग्राटले नै थ्रु बलमा प्राप्त पास सदुपयोग गर्दै उत्कृष्ट गोल गरिन् र नेदरल्यान्ड्सलाई खेलमा फर्काउन सफल रहिन् । त्यसअगाडि खेलको ३७ औं मिनेटमा स्पेनकी इस्थर गोन्जालेजले बललाई पोस्टको दिशा दिए पनि ‘भार’ ले त्यसलाई मान्यता दिएन् र अफ साइड निर्णय दिइएको थियो ।

शुक्रबारको दोस्रो क्वाटरफाइनलमा जापान र स्विडेन भिड्दै छन् र त्यसको विजेताले नेदरल्यान्ड्सको सामना गर्नेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर