नेभिगेसन मेनु

एसिया कपका लागि नेपाली क्रिकेट टिम पाकिस्तान प्रस्थान, सन्दीप केहि दिन पछि जाने
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-08-23 13:11

nepali cricket team1692719698

काठमाडौं, भदौ ६ गते । भदौ १३ गतेदेखि पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने एसिया कप क्रिकेट खेल्न नेपाली क्रिकेट टोली मंगलबार पाकिस्तान प्रस्थान गरेको छ। तर उक्त नेपाली टिममा नेपालका पूर्व कप्तान तथा भरपर्दा स्टार बलर सन्दीप लामिछाने गएका छैनन् । नेपाल क्रिकेट संघ क्यानले करिब एक साताअघि एसिया कपका लागि घोषणा गरेको १७ सदस्यीय टोलीमा भने सन्दीपलाई पनि समेटिएको छ ।

टोलीको विदाइ गर्न मंगलबार आयोजित कार्यक्रममा नेपाली टोलीका व्यवस्थापक प्रदीप मजगैयाले सन्दीप स्वास्थ्य समस्याका कारण तत्काल पाकिस्तान नजाने जानकारी दिनुभयो । उनलाई प्रकृया पुर्याएर केही समय पछि भएपनि लैजाने क्यानको तयारी छ । 

टोलीका प्रशिक्षक मोन्टी देसाईले सन्दीप लामिछानेले एसिया कप खेल्ने विश्वास पनि व्यक्त गर्नुभयो । ‘‘सन्दीप च्याम्पियन क्रिकेटर हो । परिस्थितिजन्य कारणले उनी केही ढिला पाकिस्तान जानेछन् । हामी यसअघि दक्षिण अफ्रिका जाँदा पनि सन्दीप केही ढिला आएका थिए । उनी विश्वकप क्वालिफायरमा पनि गएका थिए । अहिले फरक परिस्थिति हो । यसलाई सबैले बुझ्नुपर्छ । हामी सन्दीपलाई ड्रेसिङ रुममा प्रार्थना गरिरहेका छौँ, कि जित सत्यको होस् । अदालतको फैसला आएपछि एउटा रिलिफ हुनेछ ।’’ 

देसाईले यस बीचमा सन्दीपको तारिख छ भन्ने सुनेको पनि बताउनुभयो । कप्तान पौडेलले यदि एसिया कपमा सन्दीप अनुपस्थित भए टोलीको प्रदर्शनमा ठुलो असर पर्ने बताउनुभयो । सन्दीप अहिले किशोरी बलात्कार अभियोगको मुद्दा खेपिरहनुभएको छ ।

एसिया कपका लागि पाकिस्तानमै अभ्यास सकेर नेपाल घरेलु टोली पाकिस्तानसँग एसिया कपमा अगस्ट ३० मा आफ्नो पहिलो खेल खेलेर सेप्टेम्बर ४ मा भारतसँग अर्को खेल खेल्न श्रीलङ्का जानेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।

समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल र प्रशिक्षक मोन्टी देसाईले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने दाबी गर्नुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको बिदाइ कार्यक्रममा कप्तान र प्रशिक्षकले यस्तो दाबी गर्नुभएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर