नेभिगेसन मेनु

अहिलेसम्मकै खुला विश्वकप
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-08-10 13:09

thumb (5)

वेलिङ्टनमा अभ्यास गर्ने क्रममा स्पेनकी एलेक्सिया पुटेलास । अभ्यासमै स्पेनको क्वाटरफाइनल प्रतिद्वन्द्वी नेदरल्यान्ड्सका खेलाडी । तस्बिर : एपी

महिला विश्वकप फुटबलमा अमेरिकी प्रभुत्व समाप्त भइसकेको छ । दुईपल्टको जर्मनी पनि प्रतियोगिताबाट बाहिरिसकेको छ । ओलम्पिक च्याम्पियन क्यानडा घर फर्किसकेको छ । मार्टा र उनको ब्राजिलको चुनौती पनि सकिसकेको छ । नत्र सर्वकालीन महान् महिला खेलाडी मार्टासामु लगातार ६ विश्वकपमा गोल गर्ने अवसर थियो । हो, विश्व महिला फुटबलका लगभग सबै ठूला नाम यसपल्टको विश्वकपमा माथ खाइसकेका छन् ।

प्रतियोगिताले अन्तिम आठमा प्रवेश गर्दा अझै पनि केही परम्परागत टिम भने बाँकी छन् । यसमा एक पूर्व विजेता पर्छ अनि दुई टिमले यो चरणमा डेब्यु गर्दै छन् । युरोपेली च्याम्पियन इंग्ल्यान्ड यसपल्टको उपाधिका लागि सबैभन्दा बलियो प्रत्याशीका रूपमा अगाडि आएको छ । इंग्ल्यान्डले अबको खेलमा कोलम्बियाको सामना गर्नेछ र त्यसमा स्टार खेलाडी लाउरेन जेम्स हुने छैनन् । नाइजेरियामाथिको जितमा लाउरेनले डरलाग्दो ट्याकल गरेकी थिइन् ।

कोलम्बिया आफैं भने त्यस्ता स्टारको नेतृत्वमा छ, जसको उमेर १८ वर्षको मात्र छ । उनी हुन्, लिन्डा ससेडो । पछिल्लो विश्वकपमा कोलम्बिया छनोट हुन सफल रहेको थियो । सह–आयोजक रहेको अस्ट्रेलियाले यसअघि तीनपल्ट क्वाटरफाइनल खेलिसकेको छ । अहिले भने अस्ट्रेलियाको सामना अनुभवी फ्रान्ससँग हुँदै छ । फ्रान्स त्यस्तो टिम हो, जसले सन् २०२३ मा खेलेका १८ खेलमध्ये १६ मा स्पष्ट जित निकालेको छ ।

स्पेन भने पहिलोपल्ट क्वाटरफाइनल खेल्दै छ । अहिलेसम्म खेलेको ४ खेलमा स्पेनले १३ गोल गरिसकेको छ । स्पेनले नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ । सन् २०१९ को विश्वकप फाइनलमा डच टिम अमेरिकासँग पराजित भएको थियो । नेदरल्यान्ड्स महिला विश्वकपका सुरुआती ६ संस्करणमा छनोट नै भएन, तर सन् २०१५ यता भने यो डच टिम प्रत्येकपल्ट प्रतियोगितामा बलियो साबित भएको छ ।

र, जापान । यो नै यस्तो टिम हो, जसको परिचय पूर्वविजेताको छ । सन् २०११ मा जापानले उपाधि जितेको थियो । जतिबेला जापानले फाइनलमा अमेरिकालाई हराएको थियो । त्यसको चार वर्षपछि अमेरिकाले बदला लियो, फाइनलमा जापानलाई नै हराएर । यसपल्ट जापानको प्रदर्शन अझ सुदृढ रहेको छ । जापानले यसपालि खेलेका चार खेलमा एकै गोलमात्र खाएको छ । जापानको अन्तिम आठ प्रतिद्वन्द्वी भने स्विडेन हो ।

स्विडेन त्यही टिम हो, जसले अमेरिकी चुनौतीमा पूर्णविराम लगाएको थियो र अमेरिकाको लगातार तेस्रोपल्ट उपाधि जित्ने अभियानमा निर्णायक धक्का दिएको थियो । सन् २०१९ मा समेत गरेर स्विडेनले तीनपल्ट सेमिफाइनल खेलिसकेको छ । स्विडेन फिफा वरीयताको तेस्रो स्थानमा छ । त्यस अर्थमा स्विडेन प्रतियोगितामा चुनौती कायम राख्न सफल शीर्ष वरीयताको टिम हो । सन् २००३ को फाइनलमा स्विडेन जर्मनीसँग पराजित भएको थियो ।

यस्ता छन् क्वाटरफाइनल खेल्ने टिम :

स्विडेन

एडेन पार्कमा शुक्रबार हुने खेलमा स्विडेनले जापानको सामना गर्नेछ । स्विडेन त्यस्तो टिम हो, जोसँग प्रत्येक भूमिकामा खेल्ने खेलाडी छ । स्विडेनले अहिलेसम्म भएका महिला विश्वकपका सबै ९ संस्करण खेलेको छ । त्यसमध्ये चार अवसरमा स्विडेनसामु विश्वकप जित्ने अवसर थियो । सन् २०११ को सेमिफाइनलमा स्विडेन जापानकै हातबाट पराजित भएको थियो । स्विडेनले जापानको सामना गरेको यो नै अन्तिमपटक हो ।

जापान

फेरि दोहोर्‍याएर भन्नुपर्छ, जापान प्रतियोगितामा चुनौती बाँकी राख्न सफल एकमात्र पूर्व विजेता टिम हो । जापानको क्वाटरफाइलन यात्रा धेरै अर्थमा सजिलो रहेको छ । जाम्बिया र कोस्टारिकालाई सजिलै हराएयता जापानले स्पेनलाई समेत चार गोल गरेको थियो । त्यो खेलमा जापानसामु स्पेनले कुनै पनि समय बलियो चुनौती पेस गर्न सकेन । अन्तिम १६ मा भने जापानले नर्वेको चुनौती ३–१ ले पन्छाएको थियो ।

नेदरल्यान्ड्स

एकपछि अर्को ठूला टिम प्रतियोगिताबाट बाहिरिएको स्थितिमा नेदरल्यान्ड्ससामु पहिलोपल्ट विश्वकप जित्ने अवसर छ । डच टिमले न्युजिल्यान्डको राजधानी वेलिङ्टनमा स्पेनको सामना गर्दा टोलीकी स्टार मिडफिल्डर ड्यानिल भान डे डोन्क हुने छैनन् । अमेरिकाविरुद्धको खेलमा उनले विपक्षी कप्तान लिन्ड्से होरानसँग झगडा गरेकी थिइन् । यसक्रममा पहेँलो कार्ड खाएकी थिइन् । दक्षिण अफ्रिकाविरुद्धको खेलमा अर्को पहेॅलो कार्ड पाएका हुनाले उनी स्पेनविरुद्ध देखा पर्ने छैनन् ।

अस्ट्रेलिया

समूह चरणका सबै खेलमा अनुपस्थित रहेकी साम केर अन्ततः चोटमुक्त मैदानमा देखा परिन् । डेनमार्कविरुद्ध प्राप्त जितको अन्तिम १० मिनेटमा उनी मैदानमा छिरेकी थिइन् । यसले अस्ट्रेलियाली टिममा राहत छाएको थियो, किनभने केर अस्ट्रेलियाली महिला फुटबलका सबैभन्दा ठूला नाम हुन् । त्यो खेल हेर्न सिड्नी ओपेरा हाउसमा ७५ हजार दर्शक उपस्थित थिए । आफ्नो घरेलु मैदानमा जित्न अस्ट्रेलियामाथि चर्को दबाब छ ।

स्पेन

स्पेनले कोस्टारिका र जाम्बियाविरुद्ध बलियो जित त निकाल्यो, तर जापानविरुद्ध भने टोलीको प्रदर्शन वास्तवमै निकै फिक्का रह्यो । तर यो सबै तथ्यलाई इतिहास बनाउँदै स्पेनले नकआउट चरणको पहिलो खेलमा स्विटजरल्यान्डमाथि ५–१ को जित निकाल्यो । जापानविरुद्धको बिर्सनलायक हारपछि प्रशिक्षक जोर्गे भिल्डाले खेलाडी सूचीमा ५ परिवर्तन गरेको थियो । यसले काम पनि गरेको छ । यी ५ खोडीमध्ये दुई जनाले त्यसै खेलमा डेब्यु गरेका थिए ।

फ्रान्स

लिग चरणमा जमैकाविरुद्ध फ्रान्सको प्रदर्शन अपेक्षाअनुसार राम्रो रहेन । तर, यो खेलपछि फ्रान्स लयमा देखिएको छ । फिफा वरीयताको पाँचौं स्थानमा रहेको फ्रान्सले सजिलै क्वाटरफाइनल यात्रा तय गरेको थियो भन्दा हुन्छ । फ्रान्सले ब्राजिललाई प्रतियोगिताबाट पठाउन सबैभन्दा महत्त्वपूर्ण भूमिका खेलेको थियो । टोलीले पछिल्ला ३ खेलमा ४ गोल खाएको छ । उल्टै १२ गोल गरेको छ । फ्रान्सका प्रशिक्षक हुन्, हार्भे रेनार्ड । यसअघि उनकै नेतृत्वमा साउदी अरेबिया पुरुष विश्वकपमा लियोनल मेसीको अर्जेन्टिनालाई हराएको थियो ।

इंग्ल्यान्ड

इंग्ल्यान्ड प्रायः दुविधामा रहने गर्छ, यो ठूला प्रतियोगितामा सधैं रहस्य रहने गर्छ । विश्वकपमा धेरै पटक राम्रै चुनौती पेस गरे पनि युरोपेली च्याम्पियनले यसको उपाधि जित्न सकेको छैन । इंग्ल्यान्ड फिफा वरीयताको चौथो स्थानमा रहेको टिम हो, स्विडेनको ठीक पछाडि । इंग्ल्यान्डको प्रदर्शन प्रायः एकनासे हुन्न । नाइजेरियाविरुद्धको खेलमा इंग्ल्यान्ड भाग्यले बल्लतल्ल बचेको थियो । यो खेलमा इंग्ल्यान्डको जित टाइब्रेकरमा मात्र सम्भव भएको थियो । लाउरेन जेम्सले खतरनाक ट्याकल गरेकाले रातो कार्ड पाएकी छन् ।

कोलम्बिया

क्वाटरफाइनलमा पुगेका टिममध्ये सबैभन्दा तल्लो वरीयताको टिम हो कोलम्बिया । यो २५ औं स्थानको टिम हो । तर टोलीको प्रदर्शन भने माथिल्लो वरीयताको टिमभन्दा राम्रो छ । पछिल्लो विश्वकपमा छनोट पनि नभएको कोलम्बियाले यसपल्ट निकै बलियो शारीरिक खेल प्रदर्शन गरिरहेको छ । कोलम्बिया कति धेरै शारीरिक खेल खेल्छ भने आयरल्यान्डले उसविरुद्धको मैत्रीपूर्ण खेल २० मिनेटपछि नै परित्याग गरेको थियो, अत्यधिक चोट लाग्ने खेल भयो भनेर ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर