नेभिगेसन मेनु

प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफलाई
समय:2026-11-22 13:03

-21112026060700-1000x0

विभागीय टोली सशस्त्र प्रहरी बल ९एपिएफ० फुटबल क्लबले प्रथम धरान अन्तरराष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

धरान रङ्गशालामा शनिबार राति सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै एपिएफले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयको चौथो मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै एपिएफलाई अग्रता दिलाउनुभएको थियो । अतिरिक्त समयको ३०औँ मिनेटमा अनिता केसीले दोस्रो गोल थपेपछि एपिएफको जित सुनिश्चित भएको थियो ।

एपिएफले प्रतियोगिताको पहिलो संस्करणमै उपाधि जित्न सफल भएको छ । उपाधिसँगै एपिएफले नगद पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता नेपाल पुलिस क्लबले तीन लाख रुपियाँ प्राप्त गरेको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिताका संयोजक सन्तोष राईले जानकारी दिनुभयो ।

डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा गत कात्तिक २८ देखि धरान रङ्गशालामा रात्रिकालीन रूपमा सञ्चालन भएको प्रतियोगितामा एक भारतीय टोलीसहित आठ टोलीको सहभागिता थियो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी