नेभिगेसन मेनु

३१औँ समर युनिभर्सियड चिनमा सम्पन्न, ३२औँ जर्मनीमा आयोजना हुने
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-08-11 14:24

FISU

काठमाडौं, चीनको सिचुवान प्रान्तको छेङ्दुमा ३१औँ समर युनिभर्सियड सम्पन्न भएको छ। युनिभर्सियडमा नेपालले कुनै पदक र उपाधि जित्न नसके पनि उत्कृष्ट प्रदर्शनकासाथ नेपाली विश्वविद्यालयका विद्यार्थीहरूले व्यापक प्रशंसा र सम्मान जितेका छन् । चिनियाँ खेलकुद समाचारका अनुसार फिसु(FISU)नामले प्रख्यात यो खेल जुलाई २८ बाट सुरु भएर अगस्ट ८ सम्म आयोजना गरिएको थियो। यस प्रतियोगितामा लगभग ११३ देशका ६५०० भन्दा बढी खेलाडीहरू सहभागी थिए। प्रसिद्ध खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको थियो। 

WeChat截图_20230811113623

"छेङ्दुले सपनाहरू हासिल गर्छ" भन्ने नाराका साथ ३१औँ समर युनिभर्सियड सफल साबित भएको छ। विश्व मापदण्डले भरिएको युनिभर्सियडमा साना र ठुला गरि कुल २८७ वटा खेल समावेश गरिएको थियो। उपस्थित खेलाडिहरूले छेङ्दुमा भेला भई युवा उत्साह र जोश देखाउँदै एक अद्भुत प्रतिस्पर्धालाई संयुक्त रूपमा संपन्र गरे। 

युनिभर्सियडलाई "लिटिल ओलम्पिक" पनि भन्ने गरिएको पाइन्छ। छेङ्दु युनिभर्सियडको आधिकारिक वेबसाइटबाट प्राप्त तथ्याङ्क अनुसार यस प्रतियोगितामा सुटिङ, पौडी, ट्रयाक-फिल्ड र अन्य इभेन्टहरूमा ५० भन्दा बढी देशका कुल २२ प्रतिस्पर्धी रेकर्डहरू स्थापित भएका थिए।

समग्र खेलहरूमा चीनले १ सय ३ स्वर्ण, ४० रजत र ३५ कास्य पदक गरि १७८ पदक हात पार्दै पहिलो स्थान हासिल गरेको छ भने जापानले २१ स्वर्ण, २९ रजत र ४३ कास्य गरी कुल ९३ पदकसहित दोस्रो स्थान हासिल गरेको छ । त्यसैगरी दक्षिण कोरियाले १७ स्वर्ण, १८ रजत र २३ कास्य जित्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । पदक बिजेताको शुचि देहायबमोजिम रहेको छ :

125】

 नेपालका विभिन्न विश्वविद्यालयबाट ७ खेलमा सहभागी १८ उत्कृष्ट खेलाडीको प्रतिनिधिमण्डलले फेन्सिङ, टेबलटेनिस, मार्सल आर्ट, सुटिङ, तेक्वान्दो र ब्याडमिन्टन लगायतका खेलहरूमा उच्चस्तरीय प्रतिस्पर्धात्मक क्षमताको प्रदर्शन गरेका छन् । नेपाली विश्वविद्यालयका विद्यार्थीहरूको उत्कृष्ट प्रतिनिधिका रूपमा उनीहरूले विश्वसामु असीम उत्साह र जोश देखाए।

图片_20230811114108

रंगशालामा नेपाली प्रतिनिधिमण्डलका विद्यार्थीहरूले आफ्नो अटल लडाइँ र टिमवर्कको भावना देखाएका थिए । कठिन प्रतिस्पर्धाका अतिरिक्त, नेपाली विश्वविद्यालयका विद्यार्थीहरूले पनि आफ्नो क्षितिज फराकिलो बनाए र विश्वभरका विद्यार्थीहरूसँग अन्तरक्रिया गरेर आफ्नो मित्रता बढाए। उनीहरूले खेलहरूमा अन्तरराष्ट्रिय मित्रता बनाएका थिए जसले अन्तर-सांस्कृतिक समझ र सहयोगलाई बढावा दिन मद्दत गर्नेछ।

विश्व विश्वविद्यालय खेलहरूमा नेपाली विश्वविद्यालयका विद्यार्थीहरूको सहभागिता उनीहरूको व्यक्तिगत प्रयासको पुष्टि मात्र होइन, नेपालको खेलकूद करियरमा एउटा महत्त्वपूर्ण उपलब्धि पनि हो। यस प्रकारका प्रतियोगिताले विश्वलाई नेपालको खेलकुद मात्रै नभइ, नेपालको युवा पुस्तालाई उत्कृष्टताको खोजी गर्न, साहसी बन्न र आफ्नो लक्ष्य हासिल गर्न प्रेरित गर्दै एउटा उदाहरण बनेको छ।

पदक जित्न असफल भएता पनि उनीहरुको कडा मिहिनेत, लगनशीलता र टोली भावनाले अझै धेरै युवाहरुलाई विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्न र नेपालको विकास र गौरवमा योगदान पुर्याउन प्रेरणा दिनेछ ।

राष्ट्रको कुनै पनि सहयोग बिना विश्वविद्यालयका विद्यार्थीहरु आफ्नै खर्चमा प्रतियोगितामा सहभागी हुन छेङ्दु गएको बताइएको छ । यो खबर थाहा पाएपछि नेपालमा रहेका विदेशी चिनियाँहरूले आर्थिक सहयोग वितरण गर्नुका साथै खेलाडीहरूलाई बिदाइ गर्न एयरपोर्ट समेत गएका थिए।

6

नेपालले महामारीपछि कुनै पनि अन्तर्राष्ट्रिय खेलमा भाग लिएको थिएन। अन्तर्राष्ट्रिय खेलाडीहरूको तुलनामा आफ्नै स्तरको अभ्यास, सीप र प्रतिस्पर्धात्मकता प्रमाणित गर्न समूहले यस अन्तर्राष्ट्रिय प्रतियोगिताको नेतृत्व गरेको हो। यो नेपाली एथलीटहरूका लागि वार्म अप र हार स्वीकार गर्ने अवसर भएको छ। खेलाडीहरूका अनुसार चीनको हाङ्जाओमा आगामी एसियाली खेलकुदका लागि भने कडा प्रतिस्पर्धा हुनेछ।

"यो मेरो लागि जीवनभरको अनुभव हो। नेपाली टोलीले यो स्तरमा खेलिरहन पाए खेल र खेलाडीमा पनि गुणस्तरीय विकास आउने थियो। आशा छ नेपाली खेलकुदले पनि कुनै दिन यस्तै उचाइ छुनेछ।" खेल हेरेर उत्साहित हुँदै नेपालका पत्रकार डिल्लीरमण सुवेदीले आफ्नो भनाइ व्यक्त गरे।

फिसु (FISU)का महासचिव श्री एरिक सेन्ट्रोन्डले पत्रकार भेटघाटमा आयोजक समितिका पदाधिकारी र स्वयंसेवकहरुको सेवाको प्रशंसा गर्दै उनले फिसु युनिभर्सियडको यस्तो भव्य स्तरको आयोजना चीनले मात्र गर्न सक्ने बताए। साथै खेलकुदलाई राजनीतिले प्रभावित गर्नु नहुने र खेलकुदले राजनीतिक द्वन्द्व न्यूनीकरण गर्न मद्दत गर्ने भएकाले फिसु (FISU)ले खेलकुद च्यानलहरू मार्फत युक्रेनी द्वन्द्वहरू न्यूनीकरण वा अन्त्य गर्न प्रयास गर्ने समेत बताए ।

प्रत्येक दुई वर्षमा आयोजना गरिने समर युनिभर्सियड यस वर्षको लागि समाप्त भएको छ भने आगामी २०२५मा जर्मनीमा आयोजना हुने भनिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर