नेभिगेसन मेनु

एसियन गेम्सको महिला फुटबलमा नेपाल र जापान एउटै समूहमा
सम्पादक:南亚网络电视
समय:2023-08-01 18:14

1-125

चीनको हान्झाउमा हुने १९औं एसियन गेम्स अन्तर्गत महिला फुटबलमा नेपाल कठिन समूहमा परेको छ । बिहीबार भएको ड्र अनुसार नेपालले समूह चरणमा विश्व विजेता बनिसकेको जापानसँग खेल्नुपर्नेछ ।

नेपाल रहेको समूह डी मा जापानसिँगै भियतनाम र बंगलादेश छन् । नेपालले पछिल्लो पटक भियतनाम र बंगलादेशसँग खेलेको थियो । केही दिनअघि ढाकामा भएको बंगलादेशसँगको दुई मैत्रीपूर्ण सिरिज नेपालले जितेको थियो ।

पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबल एसियन छनोट पहिलो चरणमा नेपालले भियतनामसँग दशरथ रंगशालमा दुई खेल खेलेको थियो । जसमा नेपाल भियतनामसँग ५(० र २(० ले पराजित भएको थियो ।

एसियन गेम्स महिला फुटबलमा कूल १९ राष्ट्रले सहभागिता जनाएका छन् । ड्र अनुसार तीन समूहमा तीन(तीन टिम र दुई समूहमा चार(चार टिम छन् । पाँच वटै टिमको बिजेता र उत्कृष्ट तीन उपबिजेता टिम क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

नेपाली महिला फुटबल टिमले पहिलो पटक एसियन गेम्स खेल्न लागेको हो । त्यसका लागि महिला टोली अहिले प्रशिक्षण गरिरहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर