नेभिगेसन मेनु

मलेसियाले नेपालमा हुने क्रिकेट विश्वकप छनोट खेल्ने
सम्पादक:南亚网络电视
समय:2023-08-01 12:31

Malaysia_YTVvTuerbq

मलेसियाले नेपालमा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि एसिया क्षेत्रको छनोट प्रतियोगिता खेल्ने भएको छ ।

मलेसियामा आज सम्पन्न भएको एसिया क्षेत्रको सब-रिजनल क्वालिफायर ‘बी’ जित्दै मलेसियाले नेपालमा हुने क्षेत्रीय छनोटमा स्थान सुरक्षित गरेको हो ।

नेपालले अक्टोबर ३० देखि नोभेम्बर ९ तारिखसम्म क्षेत्रीय छनोट आयोजना गर्दैछ । क्षेत्रीय छनोटबाट आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-ट्वान्टी विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।

नेपालमा हुने छनोटमा मलेसिया समूह ‘बी’ मा परेको छ । यस समूहमा हङकङ, ओमान र यूएई पनि रहेका छन् ।

समूह ‘ए’ मा भने आयोजक नेपाल, बहराइन, सिंगापुर र सब-रिजनल क्वालिफायर ‘ए’ को विजेता टोली रहनेछन् ।

सब-रिजनल क्वालिफायर ‘ए’ मा भने कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया रहेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर