नेभिगेसन मेनु

महिला विश्वकप फुटबल : स्वीडेन अन्तिम १६ मा
सम्पादक:南亚网络电视
समय:2023-07-30 16:29

sweden-3_9LPMikeNd8

स्वीडेन फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। न्युजिल्यान्डको वेलिङ्टनमा शनिबार भएको खेलमा इटालीलाई ५–० गोलले पराजित गर्दै स्वीडेनले प्रिक्वार्टरफाइनलमा स्थान बनाएको हो। स्वीडेन एक खेल बाँकी छँदै समूह ‘जी’बाट अन्तिम १६ मा पुगेको हो। स्विडेन नकआउट चरणमा पुग्ने तेस्रो टोली बनेको छ। यसअघि स्पेन र जापानले प्रिक्वार्टरफाइनलमा स्थान बनाइसकेका छन्।

स्वीडेनको सानदार जितमा अमेन्डा इलस्टेडले दुई तथा फ्रिडोलिना रोल्फो, स्टिना ब्ल्याकस्टेनियस र रेबेका ब्लोमक्विस्टले एक/एक गोल गरेका थिए। स्वीडेनले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल थपेको थियो। खेलको ३९औं मिनेटमा एमान्डाले गोल गर्दै स्वीडेनलाई १–० को अग्रता दिलाएकी थिइन्।

४४औं मिनेटमा फ्रिडोलिना रोल्फोले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारेकी थिइन्। पहिलो हाफको इन्जुरी समयमा स्टिनाले गोल गर्दै स्वीडेनलाई ३–० को अग्रता दिलाएकी थिइन्। ५०औं मिनेटमा एमान्डाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् भने इन्जुरीमा रेबेका ब्लोमक्विस्टले गोल गर्दै स्वीडेनलाई सानदार जित दिलाइन्। दोस्रो हाफको अन्त्यतिर इटालीले बल पोसेसनमा पक्कड जमाउँदै स्वीडेनलाई दबाबमा राखे पनि गोल भने गर्न सकेन।

स्वीडेनले समूह ‘जी’मा दुई खेलबाट ६ अंक जोडेको छ। दुई खेल नै खेलेको इटाली ३ अंकका साथ दोस्रो स्थानमा छ। अर्जेन्टिना र दक्षिण अफ्रिकाको एक/एक अंक छ। समूह चरणको अन्तिम खेलमा स्वीडेनले अर्जेन्टिना र इटालीले दक्षिण अफ्रिकासँग खेल्नेछ।  शनिबार नै भएको अर्को खेलमा फ्रान्सले ब्राजिललाई २–० गोलले हरायो। अस्ट्रेलियाको ब्रिजबेनमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई जित दिलाउन युजिनी ले सोमर र वेन्डी रेनार्डले एक/एक गोल गरेका थिए। ब्राजिलका लागि रिकार्डो जोस ओलिभेराले एक गोल फर्काइन्। रोमाञ्चक खेलमा फ्रान्सले खेलको १७औं मिनेटमा अग्रता बनाएको थियो। युजेनी ले सोमरले गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाएकी थिइन्। ५८औं मिनेटमा रिकार्डो जोस ओलिभेराले गोल गर्दै ब्राजिललाई खेलमा फर्काएकी थिइन्। त्यसपछि ८३औं मिनेटमा वेन्डी रेनार्डले गोल 

गर्दै फ्रान्सलाई जित दिलाइन्। 

जितसँगै फ्रान्स समूह ‘एफ’मा चार अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा फ्रान्सले जमैकासँग गोलरहित बराबरीमा रोकिएको थियो। ब्राजिलले भने पानमालाई ४–० गोलले पराजित गरेको थियो। दुई खेलमा तीन अंक जोडेको ब्राजिल तेस्रो स्थानमा छ। दुई खेलमा चार अंक जोडेको जमैका दोस्रो र एक अंक जोडेको पानमा अन्तिम स्थानमा छ।

शनिबार भएको खेलमा जमैकाले पानमालाई १–० गोलले हरायो। जमैकालाई जित दिलाउन खेलको ५६औं मिनेटमा एलिसन स्वाबीले निर्णायक गोल गरेकी थिइन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर