नेभिगेसन मेनु

जुवाको खालबाट कौडा र नगदसहित २० जना पक्राउ
समय:2026-11-20 17:46

kauda

धनकटाको महालक्ष्मी नगरपालिका–४, स्थित दमारमा जुवाको खालबाट कौडा र नगदसहित प्रहरीले २० जनालाइ पक्राउ गरेको छ । आज बिहानको राति करिब २ः१५ बजे जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा कौडा र नगदसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा महालक्ष्मी–४ दमार बस्ने ४८ वर्षीय तेजकुमार श्रेष्ठ, सोही ठाउँ बस्ने ३९ वर्षीय भरतराज कुँवर, ५८ वर्षीय तोर्णबहादुर बस्नेत, ३० वर्षीय अशोक पौडेल, ३३ वर्षीय अमृत कुमार पौडेल, ४४ वर्षीय हेमकुमार अधिकारी, महालक्ष्मी–८ बस्ने⁠ यामकुमार ठकुरी, महालक्ष्मी–५ बस्ने ३७ वर्षीय दिनेश कार्की, महालक्ष्मी–५ बस्ने ४४ वर्षीय यज्ञराज भारती ४० वर्षीय रामजी बुढाथोकी, महालक्ष्मी–६ बस्ने ३८ वर्षीय गणेश भण्डारी र २६ को हरिकुमार जिमी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार संखुवासभाको खाँदबारी नगरपालिका–६ बस्ने २६ वर्षीय मेघराज लिम्बु, भोजपुरको अरुण गाउँपालिका–६ बस्ने ५० वर्षीय शान्तवहादुर राई, र ४७ वर्षीय धर्मराज राई, भोजपुर नगरपालिका–४ बस्ने ५४ वर्षीय भरतमणी खड्का, सुनसरीको बराहक्षेत्र नगरपालिका–११ बस्ने ३१ वर्षीय गनपैत कुमार खत्वे, दोलखा कालिन्चोक गाउँपालिका–९ बस्ने २६ वर्षीय सविन थामी, संखुवासभा चैनपुर नगरपालिका–१० बस्ने २४ वर्षीय भक्त वहादुर दर्जी, र धनकुटाको पाख्रीबास नगरपालिका–४ बस्ने ३८ वर्षीय सुरेन्द्र प्रसाद बजगाईलाई पक्राउ गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवाको खालबाट तीन लाख ८८ हजार ९७० रुपियाँ नगद, १६ थान कौडा सहितसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्त डीएसपी क्षेत्रीले जानकारी दिनुभयो । पक्राउ परेका सबैजनालाई जिल्ला प्रहरी कार्यालय धनकुटकामा राखेर थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी