नेभिगेसन मेनु

जापानको बहिर्गमनसँगै स्विडेन सेमिफाइनलमा
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-08-12 14:02

1691805632_worldcup woman-1200x560

सन् २०११ को विश्वकप च्याम्पियन जापान शुक्रबार स्विडेनसँग २–१ ले स्तब्ध भएपछि जारी महिला विश्वकपले नयाँ विश्वविजेता पाउने भएको छ।

स्विडेनले जारी विश्वकपमा एसियाको एक मात्र प्रतिद्वन्द्वी जापानलाई स्तब्ध बनाउँदै सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको छ। यता, स्पेनले भने अतिरिक्त समयमा सन् २०१९ को उपविजेता नेदरल्यान्ड्सलाई २–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो। यससँगै स्पेन पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा पुग्न सफल भयो। जर्मनी, नर्वे र डिफेन्डिङ च्याम्पियन अमेरिका बाहिरिएपछि जारी महिला विश्वकपमा एक मात्र पूर्वविजेता जापानको चुनौती बाँकी थियो। तर, क्वार्टरफाइनलमा जापानले पनि हार बेहोरेपछि जारी विश्वकपले नयाँ विश्वविजेता पाउने भएको छ।

४३ हजारभन्दा बढी समर्थकको साथ पाएको अकल्यान्डमा खेल सकिन तीन मिनेट बाँकी छँदा होनोका हायासीले गोल गर्दै जापानको आशा जगाए पनि एसियाली टोलीले सफलता पाउन सकेन। यसबीच जापानले पेनाल्टी अवसर पनि गुमाउन पुग्यो। अन्तिम १६ मा च्याम्पियन अमेरिकालाई पेनाल्टी सुटआउटमार्पmत स्तब्ध बनाएको स्विडेनले जापानविरुद्ध पनि विजययात्रा कायम राख्यो। तेस्रो फिफा वरीयताको स्विडेन जारी विश्वकपमा सबैभन्दा उच्च वरीयताको टोली हो। शीर्ष दुई वरीयताका टोली पनि विश्वकपबाट बाहिरिँदा स्विडेनले भने तेस्रो पटक महिला विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ।

स्विडेनले आगामी मंगलबार फाइनलमा पुग्ने लक्ष्यका साथ इडनपार्कमा स्पेनविरुद्ध प्रतिस्पर्धा गर्नेछ। ‘मैले प्रशिक्षण समालेको धेरै वर्ष भइसकेको छ। तर, यस पटक धेरै राम्रा क्षमतावान् खेलाडी देखें,’स्विडेनका ६३ वर्षे प्रशिक्षक पिटर जेरार्डसनले भने, ‘खेलाडीहरूले शतप्रतिशत दिएर खेले। हामीले यो विश्वकपमा धेरै राम्रो खेल्यौं।’ स्विडेनले खेलको ३२औं मिनेटमा नै अग्रता लिएको थियो। जापानले क्लियर गर्न नसकेको बललाई अमन्डा इलेस्टेडले गोल गर्दै स्विडेनलाई अग्रता दिलाइन्। यो उनको जारी विश्वकपमा चौथो गोल हो। दोस्रो हाफमा पेनाल्टी अवसर पाएपछि स्विडेनले अग्रता दोब्बर बनाउने अवसर पायो।  

जर्मनी, नर्वे र डिफेन्डिङ च्याम्पियन अमेरिका बाहिरिएपछि जारी महिला विश्वकपमा एक मात्र पूर्वविजेता जापानको चुनौती बाँकी थियो। तर, क्वार्टरफाइनलमा जापानले पनि हार बेहोरेपछि जारी विश्वकपले नयाँ विश्वविजेता पाउने भएको छ।

म्यानचेस्टर सिटीकी स्टार फिलिपा एन्जलडालले त्यो अवसर सदुपयोग गर्दै गोल गरिन्। ७६औं मिनेटमा जापानले पनि खेलमा फर्किने अवसर पायो। तर, रिको युइकीले पेनाल्टी अवसर गुमाउन पुगिन्। ८७औं मिनेटमा जापानले गोल गर्दै खेलमा फर्किने संकेत गर्यो। तर, जापानले सफलता पाउन सकेन र जारी विश्वकपमा सबै पूर्वच्याम्पियनहरू बाहिरिए। अर्को खेलमा स्पेनकी युवा साल्मा पेरेलुइलोले थप गरिएको समयमा गोल गर्दै आफ्नो टोलीलाई सेमिफाइनलको यात्रा तय गराइन्। खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएको थियो। तर, थप गरिएको समयमा स्पेनले बाजी मार्यो। समूहचरणमा जापानसँग ४–० को हारबाट फर्किंदै स्पेनले सेमिफाइनलसम्मको यात्रा तय गरेको हो।  

शनिबार दुई क्वार्टरफाइनल

शनिबार दुई क्वार्टरफाइनलका प्रतिस्पर्धा हुनेछन्। आयोजक राष्ट्र अस्ट्रेलियाले घरेलु मैदान ब्रिसबेनमा फ्रान्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ। अर्को युरोपियन राष्ट्र इङ्ल्यान्डले सिड्नीमा कोलम्बियाविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। यी दुईबीचको विजेताबीच आगामी बुधबार सेमिफाइनल खेल हुनेछ। अस्ट्रेलियाकी कप्तान र एवम् गोलका लागि भरपर्दी स्टार साम केर फिट भएमा फ्रान्सविरुद्ध सुरुआती अवसर पाउनेछिन्। उनी पिँडुलाको चोटबाट फर्किंदै छिन्। चेल्सीकी स्ट्राइकर केरले गत अन्तिम १६ मा डेनमार्कविरुद्ध अस्ट्रेलियाले २–० को जित निकाल्दा अन्तिम समयमा अवसर पाएकी थिइन्। ‘यदि केर फिट हुन्छिन् भने उनले पूरै ९० मिनेट नै खेल्न पाउँछिन् र सुरुआती टिममा नै रहन्छिन,’ अस्ट्रेलियाका प्रशिक्षक टोनी गुस्ताभसनले भने। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर