नेभिगेसन मेनु

जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी सुरु
समय:2026-11-20 17:53

converted_image-(17)

 प्राचीन मिथिलाको राजधानी एवं मधेस प्रदेशको राजधानी जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु गरिएको छ । त्रेतायुगको ऐतिहासिक विवाहलाई स्मरण गर्दै प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवलाई भव्य, व्यवस्थित र सुरक्षित बनाउन जानकी मन्दिर परिवारले विभिन्न समिति तथा उपसमिति गठन गरेको छ । यस वर्ष आगामी मङ्सिर २३ गतेदेखि साताव्यापी महोत्सव सुरु हुँदैछ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अगुवाइ तथा उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको संयोजनमा बसेको बैठकमा उत्तराधिकारी दासले विगतका वर्षभन्दा यस वर्षको महोत्सवलाई अझ भव्य र व्यवस्थित बनाउने गरी तयारी अघि बढाइएको बताउनुभयो । 

उहाँले महोत्सव सफल बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह र अन्य सरोकारवाला निकायबीच आवश्यक समन्वय र सहकार्य गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार विवाहपञ्चमी महोत्सवमा सहभागी हुन नेपालका विभिन्न जिल्ला तथा भारतको अयोध्यासहितका स्थानबाट हजारौँ साधुसन्त र श्रद्धालु जनकपुरधाम आउने भएकाले उहाँहरूको स्वागत, आवास, सुरक्षा र आवागमनलाई सहज बनाउने विषयमा पनि बैठकमा छलफल भएको छ ।

बैठकमा धार्मिक सङ्घसंस्था, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय युवा क्लब, सञ्चार क्षेत्र तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी