नेभिगेसन मेनु

थरिन्दुको उत्कृष्ट ब्याटिङमा चितवनलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा
समय:2026-11-20 11:25

WhatsApp-Image-2026-11-19-at-21.21.55

थरिन्दु रत्नायकेको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा पुगेको हो ।

चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा रत्नायकेले अविजित ५३ रनको योगदान दिनुभयो । उहाँले ४२ बलमा उक्त रन बनाउनुभएको हो ।

सुरुवातदेखि नै दबाबमा परेको सुदूरपश्चिमले चौथो ओभरमा पहिलो विकेट गुमायो । ओपनर जर्ज मन्से १५ बलमा आठ रन बनाएर आउट हुनुभयो । उहाँलाई चितवनका रिजन ढकालले आउट गर्नुभयो ।

त्यसपछि आक्रामक ब्याटिङ गरिरहेका अर्का ओपनर विनोद भण्डारी १३ बलमा २३ रन बनाएर पभेलियन फर्किनुभयो । उहाँलाई रन्जित कुमारले आउट गर्नुभयो । पावरप्लेमा सुदूरपश्चिमले दुई विकेट गुमाएर ४१ रन बनाएको थियो ।

तेस्रो नम्बरमा आएका स्कट कुगेलाइन पाँच बलमा दुई रन बनाएर आउट हुनुभयो । इशान पाण्डेले नौ बलमा १० रन बनाउनुभयो । उहाँलाई पनि रन्जित कुमारले पभेलियन पठाउनुभयो ।

त्यसपछि ब्याटिङमा आउनुभएका कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा १५ रन बनाउनुभयो । आरिफ शेखले १० बलमा १० रन जोड्नुभयो । लगातार विकेट गुमाएपछि दबाबमा परेको सुदूरपश्चिमको इनिङ्स रत्नायकेले सम्हाल्नुभयो । उहाँले अन्तिमसम्म टिकेर टोलीलाई जितसम्म पुर्‍याउनुभयो ।

बलिङतर्फ चितवनका रन्जित कुमारले दुई विकेट लिनुभयो । सलाउद्दिन खान, उसामा मिर, कमल सिंह ऐरी र रिजन ढकालले समान एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डाविड मलानले अविजित ७१ रन बनाउनुभयो । उहाँले ५१ बलमा नौ चौका र दुई छक्का प्रहार गर्नुभएको थियो ।

ओपनर कमिल मिशारा तीन बलमा चार रन बनाएर आउट हुनुभयो भने देव खनालले नौ बलमा छ रन बनाउनुभयो । कप्तान रवि बोपारा एक, विवेक यादव तीन, कुशल मल्ल एक र उसामा मिर दुई रन बनाएर पभेलियन फर्किनुभयो ।

सलाउद्दिन खानले १६ बलमा १८ तथा कमल सिंह ऐरीले आठ बलमा १० रन बनाउनुभयो । बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलाइनले तीन विकेट लिनुभयो । थरिन्दु रत्नायकेले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान एक विकेट लिनुभयो ।

सुदूरपश्चिमले अब उपाधिका लागि शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि सुदूरपश्चिमले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नुपरेको थियो ।

चितवनले भने एलिमिनेटरमा काठमाण्डु गोरर्खालाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी