नेभिगेसन मेनु

फिलिपिन्ससँग हार्‍यो आयोजक न्युजिल्यान्ड
सम्पादक:南亚网络电视
समय:2023-07-25 17:24

_130508313_gettyimages-1568851438_9SvoC2CGNc

महिला विश्वकप फुटबल प्रतियोगिताको मंगलबार खेलिएको दोस्रो खेलमा फिलिपिन्सले सफलता हात पारेको छ । समूह ‘ए’ अन्तर्गतको उक्त खेलमा एसियाली राष्ट्र फिलिपिन्सले आयोजक न्युजिल्यान्डमाथि १—० गोलको रोमाञ्चक जित हासिल गर्‍यो । 

प्रतिस्पर्धात्मक खेलको २४औँ मिनेटमा फिलिपिन्सले निर्णायक गोल गरेको थियो । फिलिपिन्सका लागि सरिना बोल्डेनले गोल गरेकी थिइन् । जितसँगै दुई खेल खेलेको फिलिपिन्स तीन अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

एक खेल खेलेको स्विट्जरल्यान्ड तीन अङ्कसहित तालिकाको पहिलो स्थानमा आसिन छ । आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई २—० गोलले हराएको थियो । दुई खेल खेलेको न्युजिल्यान्ड भने तीन अङ्कसहित तेस्रो स्थानमा छ । न्युजिल्यान्डले प्रतियोगिताको उद्घाटन खेलमा नर्वेलाई १—० गोलले हराएको थियो । एक खेल खेलेको अङ्कविहीन नर्वे चौथो स्थानमा छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर