नेभिगेसन मेनु

नेपाली कलाकृतिमा कामकला
सम्पादक:南亚网络电视
समय:2023-03-25 14:29

sashi_thapa_pandit_fursad_article__m2eWklQZi6

कला मानिसको सर्वप्राचीन प्राप्ति हो। जुन मानिसको सभ्यतासँग क्रमशः मौलाउँदै आएको देखिन्छ। मानवको विभिन्न व्यवहार, कल्पना तथा व्यावसायिक सीपबाट सिर्जना गरिएका सन्दर्भलाई कला भनिन्छ।आफूले जानेको सीपका साथै त्यसलाई प्रस्तुत गर्नु कला हो। व्यक्तिले सर्वप्रथम कुनै दृश्य देख्छ वा कल्पना गर्छ र आफ्नो मनमा राख्छ। त्यसलाई कुनै साधनको प्रयोगबाट व्यक्त गर्छ भने यो कार्य कला हो। 

नेपालले कलाको क्षेत्रमा परापूर्वकालदेखि नै विशिष्ट एवं मौलिक परम्परा कायम राखेको छ। प्राचीन कालिगढीपूर्ण कलाको लागि नेपाल विश्व प्रसिद्ध छ। जसको उदाहरण काठमाडौं उपत्यकालगायत नेपालका विभिन्न स्थानमा रहेका मठमन्दिर, मूर्ति र मल्लकालीन दरबारहरूमा देख्न सकिन्छ। नेपाली समाज प्राचीन समयदेखि नै धर्ममा आधारित छ। त्यसैले यहाँका कलाका आधारस्तम्भ परम्परागत धर्म, संस्कार र संस्कृतिमा टेकेर उभिएको छ। कलाले व्यापक क्षेत्र समेटेको हुन्छ। मूर्तिकला, वास्तुकला, चित्रकला आदिका मूर्त स्वरूपलाई पनि कलाले परिभाषित गर्छ। यिनै कलाका विविध स्वरूपभित्र रतिकला पनि एक महŒवपूृर्ण कलाको रूपमा छ।

रतिकलालाई प्रायः गरेर कामकला, मिथुनकला र यौनकलाजस्ता शब्दहरूले पनि सम्बोधन गर्ने गरिन्छ। रतिकलालाई अंग्रेजीमा इरोटिक कला भनिन्छ। ‘इरोटिक’ शब्द ग्रिक शब्दको ‘इरोज’बाट आएको हो। जसलाई माया, राग, वासना आदि शब्दले बुझ्ने गरिन्छ। रतिकला रति र कला मिलेर बनेका छ। रति अर्थात् काम, वासना र कला अर्थात् शिल्प, कौशल हो। अर्थात् रतिकला भनेको यौन सहवाससम्बन्धी कौशल हो। कामकलाको परिभाषा विभिन्न विद्वान्ले यसमा विभिन्न सिद्धान्त वा विचारको प्रतिपादन गरेको पाइन्छ। यौन अर्थात् रतिको परिभाषा निश्चित रूपमा एउटै सिद्धान्तमा आधारित भएर दिन भने सकिएको छैन।

धार्मिकस्थलमा रतिकलाका मूर्तिहरू राखिनुमा पनि विभिन्न दर्शन र विचार रहेको पाइन्छ। यसमा धर्मको व्याख्या आफ्नै प्रकारको छ भने अन्य किंवदन्ती, समाज र विभिन्न विद्वान्को व्याख्या आफ्नै प्रकारको छ। पूर्वीय दर्शनमा रतिकलासम्बन्धी चिन्तन वेद र तन्त्र अर्थात् निगम र आगम दुवै धारामा पाइन्छ। रतिकलालाई अध्यात्मसँग जोडेर कलाको रूप दिनु पूर्वीय दर्शनको महŒवपूर्ण विशेषता हो। 

अझ तन्त्र दर्शनले कामसम्बन्धी चिन्तनमा नयाँ आयाम प्रस्तुत गरेर धर्म, कला, साहित्य र संस्कृतिमा यसलाई व्यापक बनाइदिएको छ। मैथुनको सार्वभौम आवश्यकतालाई महसुस गरी पूर्वीय आगम तथा निगम धर्म दर्शनमा वेदले कामयज्ञको रूपमा र तन्त्रले साधनाको उच्चतम साधनको रूपमा कामकलालाई अपनाएको छ। यिनै आधारभूमिमा टेकेर कामकलाका विभिन्न स्वरूपका कलाहरू निर्माण भएका छन्।

१) नेपाली चित्रकलामा कामकलाको उपस्थिति ः शास्त्रले कलालाई विभिन्न कलामध्ये सर्वश्रेष्ठ स्थान मानेको छ। कलामध्ये पनि चित्रकला सबैभन्दा पहिले जन्म लिएको कला हो। चित्रकला विभिन्न रस, आयाम र विविधतामा कोरिन्छन्। यिनै विविधतामध्ये शृंगार रसअन्तर्गत रतिकलाका चित्रहरू कोरिएका छन्।

रतिकलाका चित्रहरू चित्रकलाको इतिहासमा छुट्टै स्थान ओगटेको देखिन्छ। युगलजोडीको आलिंगनयुक्त चित्र, चुम्बनका दृश्य भएका चित्र, प्रेमरसमा लिप्तचित्र र पूरै मैथुन क्रियामा मग्न भएका जोडीका चित्रहरू नै रतिकलाका चित्रभित्र पर्छन्। रतिकलामा ६४ प्रकारको कलाको साथै ८४ आसन हुन्छन् (वात्स्यायन, २००८, पृ. ४००)। चौधौं–पन्ध्रौं शताब्दीतिर नेपाली कलामा भारतीय पालकला शैलीमा भएको तन्त्रयान र बज्रयानले प्रभाव पारेको थियो। यस समयमा यौनसँग सम्बन्धित कामकलाका चित्रहरू बनाइएको पाइएको छ। नेपाली प्राचीन चित्रकलामा ८४ आसनका 

चित्रहरू बनाएका छन्। मल्लकालीन समयको काम चित्रावली ग्रन्थ (रिल नं. ए १०५८÷११ चित्र नं. १÷५३) मा वात्स्यायनका आसन नाम उल्लेख गरेर ८४ आसनका कामकलाका चित्रहरू बनाइएको पाइन्छ।

यस्तै विभिन्न जातजातिमा प्राचीन समयदेखि नै लौकिक चित्रको प्रयोग गर्ने गरिएको पाइन्छ। यस्ता चित्रहरूमा मिथिला चित्रकलाको लौकिक चित्रमा प्रयोग गरिएको यौन विम्बका चित्रहरू, अवधी चित्रकलाको लौकिक चित्रमा प्रयोग भएका यौन विम्बका चित्रहरू, थारू लोक चित्रकलाको लौकिक चित्रमा प्रयोग गरिएको यौन विम्बका चित्रहरू, पहाडतिर खेलिने रत्यौली नाचको दिनमा महिलाहरूले दुलाहा–दुलहीको कोठामा कोर्ने लौकिक चित्रमा प्रयोग भएका यौन विम्बका चित्रहरू आदि छन्। प्रायः यी चित्रहरू नवविवाहित जोडीका कोठामा बनाउने गरिन्छ। यस्ता चित्र बनाउनुको गुह्य उद्देश्य विवाहित जोडीलाई यौनको महŒव बुझाउन र त्यसप्रति जागरुक गराएर वंशवृद्धि गर्नु रहेको छ।

२) नेपाली मूर्तिकलामा कामकलाको उपस्थिति ः कलाको उत्पत्ति कहिले भयो भन्ने सन्दर्भमा निश्चित समय तोकेर भन्न सक्ने अवस्था छैन। तर पनि प्राचीन पाषण युगको अन्त्यतिर र उत्तर पुरापाषणयुगको पूर्वको अवस्था जुन समयमा मानिसको पनि क्रमिक विकासको चरणमा आधुनिक मान्छे होमो सेपियन्स्को उदयसँगै उसले कलाको पनि सिर्जना गरेको देखिन्छ। सुरुका अवस्थामा पशुहरूको, पशुहरूलाई मार्दै गरेको, आफ्नै मानव आकृतिका चित्रहरू कोरिए। तर पछि  मानिसको मनभित्र दबिएर रहेको यौन 

मनोविज्ञानले मानिसलाई यौन प्रकृतिको दृश्यहरू, चित्रहरू, मूर्तिहरू आदिमा उतार्न झक्झक्याएको देखिन्छ। यसैको उपक्रममा मानिसले मैथुन प्रकृतिका चित्र र मूर्तिहरू आफ्नो कलाहरूमा समावेश गराएका थिए।

प्रायः सबैजसो सभ्यतामा यौनकलाहरू निर्माण भएका देखिन्छन्। युरोप हुँदै भारतीय उपमहाद्वीप आइपुग्दा यो परम्पराले कलामा मात्र सीमित नभएर धार्मिक दर्शनहरूमा पनि प्रवेश पायो। यो विषय मात्र प्रजनन र उर्वरताका लागि थियो कि या मानिसको मनभित्र लुकेर रहेको अतिरिक्त वासनाकोे उपज थियो ? प्रश्न भने उठ्न सक्छ। तर पनि उर्वरताको प्रमुख अंगलाई हिन्दू धर्म दर्शनले प्राचीन समयदेखि नै गुह्येश्वरी, कामाक्षीदेवी, शिवलिंगको स्वरूपमा स्वीकारेर पूजा गर्दै आएको भने छ। 

त्यसपछिका समयमा कामकलाका विभिन्न आसनका मूर्तिहरूलाई मन्दिर बाहिर प्रवेश गराइयो। मानिसबीच मात्र नभएर जनावरबीच रतिकलाको मूर्तिसमेत निर्माण गरेर मन्दिरका टँुडालमा राख्नु भनेको उर्वरताको प्रतीकको सम्मान हो। साथै मानिसमा भएको यौनको अपरिहार्य आवश्यकता पनि।

कामकलाका मूर्तिहरू धातुलगायत काठ, ढुंगाजस्ता विभिन्न वस्तुमा प्राप्त भएका छन्। तन्त्रको प्रभाव नेपालमा परेपछि मैथुन भाव र मैथुन क्रियासँग सम्बन्धित धातु मूर्तिहरू नेपालमा बनेका थिए। कामातुर भएर आफ्नो शक्तिलाईआफूतिर तान्दै गरेका मूर्ति, मैथुनरत अवस्थाका मूर्तिहरू जस्तै एघारौं–बाह्रौं शताब्दीको पद्ममण्डल, बाह्रौ–तेह्रौं शताब्दीको हेबज्र, चौधौं शताब्दीको सुखवर सम्बर, पन्धौं शताब्दीको महाचक्रबज्रपाणि शक्तिलाईआफूतिर तान्दै गरेको बज्रसत्व, सत्रौं शताब्दीको गुह्यसमाज, अठारौं शताब्दीको सम्बर, अठारौं शताब्दीको चण्डमहारोषण, अठारौं–उन्नाइसौं शताब्दीको चक्रसम्बर, नरसिंह सम्बर, शक्तिसहितको वृष सम्बर, महिषसम्बर, उन्नाइस–बीस शताब्दीको बज्रधर र सौह्रौं–सत्रौं शताब्दीमा निर्माण भएको नेपाल म्युजियममा रहेको धातुको सम्बरको मूर्ति पनि उल्लेखनीय मूर्ति हो।

नेपालमा कामकलाका मूर्तिहरू धातुबाहेक काठबाट पनि बनेको पाइन्छ। यहाँका मन्दिरका प्रायः टुँडालहरू काठबाट बनाइन्छ। कतिपय यी टुँडालहरूमा कामकलाका मूर्तिहरू पनि बनाउने गरिएका छन्। त्यस्ता मन्दिरमा गणेश, वैष्णव, शैव, शाक्त र उमामहेश्वरका मन्दिर आदि पर्छन्। टँुडालमा कामकला उत्कीर्ण गरिएका यस्ता मन्दिरहरूमा भक्तपुरको खौमाटोलको उमामहेश्वर, भक्तपुरको दत्तात्रय, पशुपति क्षेत्रको वत्सलेश्वरी, राजराजेश्वरीको नवदुर्गा, नक्साल भगवती, इन्द्रायणी, पाटनको चामुण्डा, मनमैंजु, बालाजुको शीतला, ठमेलको त्रिदेवी, जगन्नाथ, पाटनकै चारनारायण, भक्तपुरको तचपाल टोलमा रहेको नारायण, ललितपुर चापागाउँस्थित लक्ष्मीनारायण, धनुषाको खजुरी चन्हामा रहेको श्री श्री लक्ष्मीनारायण, पाटन माहापालको गणेश, पाटनको पटको गणेश र जयवागेश्वरीको श्री न्हवं (मच्छिन्द्र) गणेश मन्दिर आदि मुख्य छन्।

नेपालका पाटी, पौवा, धर्मशाला, परम्परागत आवासीय घर र दरबारहरूका टँुडालमा पनि कामकलाका मूर्तिहरू छन्। यस्ता दरबारमा हनुमान ढोकाको बसन्तपुरको नौतले दरबार, गोरखा दरबार, नुवाकोट दरबार, दरबारको रंगमहलका टुँडाल मुख्य छन्। धर्मशाला र सत्तलहरूमा भक्तपुरको न्यातापोल क्याफेको अ‍ैसामहरू सत्तल, पाटनको शंखमूल सत्तल, पाटनको सौगल टोलमा रहेको धर्मशाला, पाटनकै सुन्धारामा रहेको सत्तल, भक्तपुरको वाकुपति नारायण मन्दिरको धर्मशाला आदिका टुँडालमा पनि रतिकलाको मूर्ति कुँदिएका छन्। परम्परागत आवासीय घरमा बालकृष्ण समको घरका टँुडाल, खोपासीको नेवार समुदायको व्यक्तिगत घरको टुँडालमा पनि कामकलाका आकृतिहरू देख्न सकिन्छन्। हाल यस्ता परम्परागत घरहरू भूकम्पले भत्किएका छन्।

३. तन्त्रमा कामकलाको उपस्थिति ः कामको आवश्यकतालाई वेद तथा तन्त्र दुवैले समान महŒव दिए। निगम र आगम दुवै धारामा कामकलासम्बन्धी चिन्तन पाइन्छ। तान्त्रिक कामकलासम्बन्धी चिन्तनको बीजका रूपमा ऋग्वेदको नासदीयसूक्तको निम्नलिखित ऋचालाई लिन सकिन्छ— 

कामस्तदग्रे समवर्तताधि मनसो रेतः प्रथमं यदासीत्। 

सतो बन्धुमसति निरविन्दन् हृदि प्रतीष्या कवयो मनीषा (नासदीयसूक्त, ४)। 

अर्थात् सृष्टिपूर्व सम्पूर्ण जगत्लाई आफूभित्र आत्मसात् गरेका परमेश्वरको मनमा जब सृष्टि गर्ने इच्छा उत्पन्न भयो। तब उसले विराट् प्रकृतिलाई योनि बनाएर त्यसैमा गर्भको आधान गर्छन् र जगत्को रचना हुन्छ। श्रीमद्भगवद्गीताको निम्नलिखित श्लोकले त्यही भावलाई व्यक्त गरेको छ–

मम योनर्महद्ब्रह्म तस्मिन् गर्भं दधाम्यहम्।

सम्भवः सर्वभूतानां ततो भवति भारत।।

सर्वयोनिषु कौन्तेय मूर्तयः सम्भवन्ति याः।

तसां ब्रह्म महद्योनिरहं बीजप्रदः पिता।। (श्रीमद्भगवद्गीता, १४।३–४)।

अर्थात् महद्ब्रह्म प्रकृति मेरो योनि हो, त्यसैमा म गर्भको आराधना गर्छु। त्यसपछि महत् (बुद्धि) आदि क्रमले समस्त सृष्टिको रचना हुन्छ। देव, पितृ, मनुष्य, पशु आदि योनिमा देहधारी जति पनि प्राणी छन् ती सबैलाई उत्पन्न गर्ने माता प्रकृति 

हुन् भने तिनमा बीज प्रदान गर्ने पिता म हुँ। लोकमा पनि सन्तानोत्पत्तिको कामनाले नै पुरुषले आफ्नी स्त्रीमा गर्भको आधान गर्छ। सिसृक्षारूप काम पनि भगवान्कै अंश हो।

त्यस्तै बृहदारण्यकोपनिषद्ले स्त्री र पुरुषको एकअर्काप्रतिको आकर्षण र तज्जन्य मैथुनको आवश्यकतालाई यसरी औंल्याएको छ–

‘स वै नैव रेमे तस्मादेकाकी न रमते स द्वितीयमैच्छत् स हैतावानास यथा स्त्रीपुमांसौ संपरिष्वक्तौ स इममेवात्मानं द्वेधा पातयात्ततः पतिश्च पत्नी चाभवतां तस्मादिदमर्धबृगलमिव स्व इति ह स्माह याज्ञवल्क्यस्तस्मादयमाकाशः स्त्रिया पूर्यत एव तां समभवत्ततो मनुष्या अजायन्त’ (१।४।३)।

अर्थात् ऊ एक्लो हुँदा रमाएन, एक्लो हुँदा कोही पनि रमाउँदैन। त्यसैले उसले दोस्रो व्यक्तिको इच्छा ग¥यो। एकअर्काको अँगालोमा कसिएका स्त्रीपुरुषको जत्रो आकार लियो। आफूलाई स्त्री र पुरुषरूप दुई भागमा बाँडेर लोग्नेस्वास्नी बन्यो। ती दुईको मैथुनबाट मनुष्यहरू जन्मिए।

मैथुनक्रियालाई बृहदारण्यकोपनिषद्मा यसप्रकार उल्लेख गरिएको छ– 

‘तस्या वेदिरूपस्थो लोमानि बर्हिश्चर्माधिषवणे समिद्धो मध्यतस्तौ मुष्कौ स यावान ह वै वाजपेयेन यजमानस्य लोको भवति तावानस्य लोको भवति य एवं विद्वानधोपहासं चरत्यासां स्त्रीणां सुकृतं 

वृङ्क्तेऽथ य इदमविद्वानधोपहासं चरत्यस्य स्त्रियः सुकृतं वृञ्जते (६।४।३)।

अर्थात्, स्त्रीको योनि वेदि हो, योनिमा उम्रिएका रौंहरू कुश हुन्। योनिको पाश्र्वभागमा उठेको छाला अधिषवण नामक सोम निचोर्ने फल्याक हो। योनिको मध्यभाग अग्नि हो। वाजपेययज्ञले यजमानलाई जति फल प्राप्त हुन्छ, त्यति मैथुनविज्ञान जान्नेको मैथुनक्रियाले हुन्छ। जो मैथुनविज्ञानलाई राम्ररी जानेर मैथुन गर्छ, त्यसले स्त्रीको पुण्यलाई आफूतिर खिच्छ भने जसले मैथुनविज्ञानलाई नजानिकन मैथुन गर्छ, त्यसको पुण्य स्त्रीले 

खिच्न सक्छे।

यसबाट ज्ञानपूर्वक गरिने मैथुनले पुण्यवृद्धि हुने धारणा वेदमा उल्लेख छ। प्राचीन वैदिक कर्महरू याज्ञिक कर्मकाण्डमा आधारित हुने गर्दथे। यज्ञद्वारा नै सम्पूर्ण कर्महरूको सम्पादन गरिन्थ्यो। तन्त्रले यस सम्बन्धी चिन्तनमा नयाँ आयाम प्रस्तुत ग¥यो। तन्त्रको विकास भएपछि उपासनाको स्वरूपमा केही परिवर्तन आयो।

अझ तन्त्र दर्शनले कामसम्बन्धी चिन्तनमा नयाँ आयाम प्रस्तुत गरेर धर्म, कला, साहित्य र संस्कृतिमा यसलाई व्यापक बनाइदिएको छ। मैथुनको सार्वभौम आवश्यकतालाई महसुस गरी पूर्वीय आगम तथा निगम धर्म दर्शनमा वेदले कामयज्ञ र तन्त्रले साधनाको उच्चतम साधनको रूपमा कामकलालाई अपनाएको छ।

सेतो बिन्दु प्रकाशस्वरूप शिव हो भने रातो बिन्दु विमर्शस्वरूप शत्तिाm हो। ती दुवैको समरसभाव मिश्रबिन्दु हो। प्रकाशस्वरूप सेतो बिन्दुलाई अग्नि संज्ञा दिइएको छ भने विमर्शस्वरूप रातो बिन्दुलाई सोम संज्ञा दिइएको छ। ती दुवैको समरस मिश्रबिन्दुलाई सूर्यस्वरूप कामबिन्दु भनिएको छ।

जो मैथुनविज्ञानलाई राम्ररी जानेर मैथुन गर्छ, त्यसले स्त्रीको पुण्यलाई आफूतिर खिच्छ भने जसले मैथुनविज्ञानलाई नजानिकनै मैथुन गर्छ, त्यसको पुण्य स्त्रीले खिच्छे। यसबाट ज्ञानपूर्वक गरिने मैथुनले पुण्यवृद्घि हुने वेदमा छ।

तन्त्रमा जेजति वस्तु ब्रह्माण्डमा छन् ती सबै यसै शरीरमा छन् भन्ने भावनाको विकास भएपछि शरीरमा नै सम्पूर्ण तीर्थ, पीठ, देवीदेवता, राशि, नक्षत्र आदिको न्यास गरी आफ्नो शरीरलाई ब्रह्माण्डमय बनाउने र देवो भूत्वा देवं यजेत् अर्थात् देवता बनेर देवताको उपासना गर भन्ने सिद्धान्तबमोजिम उपासना गर्ने परिपाटीको विकास भयो जसलाई तान्त्रिक शब्दावलीमा अन्तर्यजन भनिन्छ। यसप्रकार बहिर्यजनका साथै अन्तर्यजनको पनि त्यस समय देखि विकास भयो। यसप्रकार वैदिक कर्ममा बहिर्यजनलाई बढी महŒव दिइयो। तान्त्रिक कर्ममा अन्तर्यजनलाई बढी महŒव दिइयो। तान्त्रिक उपासनाको मूल ध्येय नै बहिर्यजनलाई अन्तर्यजनमा विलय गर्नु हो। 

तान्त्रिक मतमा सृष्टिपूर्वको अवस्थामा शिव र शक्ति अविभक्त समरसाकार स्वरूपमा रहेका हुन्छन्। त्यस अवस्थालाई तन्त्रमा परम शिवावस्था भनिएकोे छ। परमेश्वरको मनमा जब सृष्टि गर्ने इच्छा उत्पन्न हुन्छ तब विमर्श वा बोधरूप शक्ति प्रकाश वा ज्ञानरूप शिवबाट भिन्नझैं भएर देखा पर्छिन्। दुवै ऐनाझैं निर्मल भएकाले एकअर्कामा प्रतिबिम्बित हुन्छन् र परिपूर्ण अहंस्वरूप महाबिन्दु भासित हुन्छ। सो महाबिन्दुमा सेतो, रातो र मिश्र गरी तीनवटा बिन्दु छन्।

सेतो बिन्दु प्रकाशस्वरूप शिव हो भने रातो बिन्दु विमर्शस्वरूप शक्ति हो। ती दुवैको समरसभाव मिश्रबिन्दु हो। प्रकाशस्वरूप सेतो बिन्दुलाई अग्नि संज्ञा दिइएको छ भने विमर्शस्वरूप रातो बिन्दुलाई सोम संज्ञा दिइएको छ। ती दुवैको समरस मिश्रबिन्दुलाई सूर्यस्वरूप कामबिन्दु भनिएको छ। 

त्यसैले प्रकाशस्वरूप सेतोबिन्दु र विमर्शस्वरूप रातोबिन्दु सूर्यस्वरूप कामबिन्दुका अग्नि र सोम नामक कला हुन्। सोही सूर्यस्वरूप कामबिन्दुका कलास्वरूप अग्नि र सोमलाई वीर्यरूप शुक्लबिन्दु र रजरूप रक्तबिन्दुको रूपमा स्थूल अभिव्यक्ति दिँदै सृष्टिका लागि आवश्यक यामलभावका रूपमा कलाकारले मन्दिरका टुँडालमा विभिन्न रतासन मूर्तिहरूको निर्माण गरेको पाइन्छ। 

तन्त्रले सांसारिक क्रियाकलापलाई निषेध गर्दैन। अतः सृष्टिप्रक्रियाको निरन्तरताका लागि आवश्यक मैथुनलाई तन्त्रले अत्यन्त ठूलो महŒव दिएको छ। तन्त्रले मैथुनलाई सन्ततिविस्तारका लागि आवश्यक क्रियाका रूपमा मात्रै होइन, जगदानन्दको अनुभूतिका लागि साधनाकै रूपमा उच्चतम स्थान दिएको छ।

तन्त्रले आद्ययागका रूपमा मैथुनलाई जगदानन्दको अनुभूतिका लागि साधनाका रूपमा उपयोग गर्ने मार्ग देखाएको छ। तन्त्रमा मात्रै होइन, वेदमा पनि मैथुनक्रियालाई सन्तानोत्पत्तिमा मात्र सीमित राख्ने धारणा थिएन। केवल शारीरिक आनन्दका लागि पनि सम्भोग गर्ने प्रचलन थियो त्यसैले स्त्री गर्भवती नहोस् भनेर मन्त्रको प्रयोगद्वारा वीर्यपात हुन नदिन अपानन कर्म गरिन्थ्यो।

तन्त्रमा मैथुनलाई साधनाको एउटा अंगका रूपमा ग्रहण गर्नुको आशय पनि मैथुनजन्य आनन्दको पूर्ण उपभोगपूर्वक त्यसबाट साधकलाई निवृत्तिको मार्गमा लैजानु नै हो। कामकलासम्बन्धी यिनै चिन्तनहरूको स्थूल अभिव्यक्ति धातु, काठ तथा पाषाण मूर्तिका रूपमा मन्दिरमा, मन्दिरका टुँडालमा र भित्ताहरूमा पाइन्छ।

मन्दिरमा उत्कीर्ण गरिएका ती कलाकृति लौकिक रतिलीलाको अभिव्यक्ति नभई शिव र शक्तिको सामरस्य वा जीवात्मा र परमात्माको संयोगका द्योतक हुन्। ती मूर्तिहरूमा देखिने पुरुष आकृति ब्रह्म वा शिवको प्रतीक हो 

भने स्त्री आकृति जीव वा जगत्को प्रतीक हो। सम्पूर्ण जगत् परमशिवको स्वातन्त्र्य शक्तिको विलास भएकाले जगत्लाई शक्तिको विस्तारका रूपमा र परम शिवलाई शक्तिमान्का रूपमा व्याख्या गरिएको छ।

योगमार्गमा समाधिका विभिन्न प्रणालीमध्ये रसानन्द योगसमाधि पनि एक हो। घेरण्ड संहितामा रसानन्द समाधिको विधि यसप्रकार बताइएको छ–

योनिमुद्रां समासाद्य स्वयं शक्तिमयो भवेत्।

सुश्रृंगाररसेनैव विहरेत् परमात्मनि।।

रसानन्दमयो भूत्वा ऐक्यं ब्रह्मणि सम्भवेत्।

अहं ब्रह्मेति वाऽद्वैतं समाधिस्तेन जायते।। (घेरण्डसंहिता, ७।१२–१३)।

अर्थात् साधकले योनिमुद्राको साधना गरी वा योनिमुद्राजन्य रसको आस्वादन गरी शक्तिमय हुनु अर्थात् आफूलाई स्त्रीभावले युक्त बनाउनू। त्यसपछि परब्रह्मलाई पुरुषका रूपमा कल्पना गरी शृंगार रसले युक्त भई उक्त परमात्माका साथ रमण गर्नू। यसरी रमण गर्दागर्दै आनन्दरसमा डुबेर साधक ब्रह्मका साथ एकाकार बन्न पुग्छ। यस प्रकार म ब्रह्म हुँ, म अद्वैत तŒव हुँ भन्ने पूर्ण बोध भएपछि साधक रसानन्द योगसमाधिमा लीन हुन्छ। शक्ति तŒवसँग एकाकारबोध भएपछि नै शिवका साथ एकात्म्यलाभको स्थिति उत्पन्न हुन्छ।

तन्त्रालोकमा भनिएको छ–

शक्त्यवस्थाप्रविष्टस्य निर्विभागेन भावना।

तदाऽसौ शिवरूपी स्यात् शैवीमुखमिहोच्यते।। (विज्ञानभैरव, श्लोक २०)।

यही रसानन्द समाधिको प्रक्रियालाई मूर्त रूपमा अभिव्यक्त गर्दा कलाकारहरूले चित्रकला वा मूर्तिकलामा कामकलाको स्वरूपहरूको निर्माण गरेका थिए। यसप्रकारका वेदले मैथुनलाई कामयज्ञको रूपमा प्रस्तुत गरेको छ भने तन्त्रले साधनाको उच्चतम साधन मानेको छ।

निष्कर्ष

माथिको अध्ययनबाट के कुरा स्पष्ट हुन्छ भने मानिसको यौनप्रतिको झुकावले गर्दा प्राचीन समयदेखि नै नेपालदेखि बाहेक विश्वका विभिन्न देशले यस कलालाई विभिन्न मूल्य र मान्यताअनुसार विभिन्न स्वरूप र कलाहरूमा स्वीकार्दै आएको देखिन्छ। नेपालका धार्मिक ग्रन्थहरू र मन्दिरहरूमा यौनका चौरासी आसन र चौसठ्ठी कलालाई मोक्ष प्राप्त गर्ने तŒवको रूपमा स्वीकारेर चित्र तथा मूर्तिहरू निर्माण गरिएका छन्। मानवीय जीवनका व्यावहारिक प्रयोगहरूले युक्त लौकिक एवं अलौकिक सिद्धि प्राप्त गर्ने उपायका रूपमा यी कलाहरू रहेका छन्।

यसरी वैदिक वाङ्मयदेखि लौकिक साहित्यसम्म तन्त्र एवं तन्त्रवादका धारणाहरू स्पष्ट हुन्छ। यो परम्परा वैदिक परम्पराको समानान्तर परम्पराका रूपमा विकसित भएको थियो। कालान्तरमा यी दुवै धारा एकअर्कामा समन्वित रूपमा र स्वतन्त्र रूपमा प्रवाहित भएको देखिन्छ। यसप्रकार रतिकलाका मूर्तिहरू धार्मिक ग्रन्थलगायत मन्दिरमा राख्दा धर्म, दर्शनका भाव र विचारहरू समावेश गरिएको हुनाले समाजले अश्लिल रूपमा नलिएर धार्मिक स्वरूपमा स्वीकार गरेको देखिन्छ। मानवीय जीवनमा ज्यादै महŒवपूर्ण भूमिका खेल्ने कामसम्बन्धी विषयलाई अध्यात्मसँग जोडेर कलाको स्वरूपमा मन्दिर परिसरमा प्रवेश गराइनु तन्त्रको महŒवपूर्ण विशेषता हो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर