एस् ए टी भी २९ असार, काठमाडौँः जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीका अनुसार लु. प्र ०२००१ ख ००४५ नम्बरको बस बिहान ४ बजे दुर्घटनामा परेको हो । बसमा ३० जना चढेकोमा २९ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उद्धार गरी सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटा पठाइएको छ । केहीलाई त्यहाँबाट बुटवल रिफर गरिएको छ ।
घाइते भएका २९ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । अन्य २० जनाको अवस्था मध्यम र ६ जना सामान्य घाइते भएको डीएसपी अधिकारीले जानकारी दिए ।