नेभिगेसन मेनु

‘हामी तिमीलाई सधैं सम्झनेछौं जोटा’
सम्पादक:南亚网络电视
समय:2025-07-04 12:38


diogo jota

एस् ए टी भी २० असार, काठमाडौँः पोर्चुगिज स्टार डिएगो जोटा बाल्यकाल छँदा आफ्नै देशका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई आफ्नो आदर्श मान्ने गर्दथे।

जोटाको फुटबल करियरले पनि उनलाई स्टारडमको उचाइमा पु¥यायो। एकदिन उनी पनि पोर्चुगलका उनै महान् खेलाडी रोनाल्डोसँगै पोर्चुगिज राष्ट्रिय टोलीमा सामेल भए र फुटबलका ठूलो उपाधिहरू पनि जोटाको नाममा जोडिए। लिभरपुलका फरवार्डसमेत रहेका जोटाले गत मेमा मात्र क्लबलाई इङ्लिस प्रिमियर लिगको उपाधि दिलाउन महŒवपूर्ण भूमिका पनि खेलेका थिए। तर, उनै जोटाको २८ वर्षको उमेर स्पेनमा भएको कार दुर्घटनामा परेर निधन भएको छ। स्पेनको जामोर सहरको उत्तरपश्चिमी क्षेत्रमा कार दुर्घटना हुँदा जोटा र उनका भाइ आन्द्रे सिल्भाको पनि निधन भएको हो। आन्द्रे पनि व्यावसायिक फुटबल खेलाडी नै हुन्। जोटाले लिभरपुलमा उत्कृष्ट रूपमा करियर अगाडि बढाएका थिए। क्लबले २०औं पल्ट इङ्लिस लिगको उपाधि उचाल्दा उनको भूमिका अहम् थियो।

यसै सिजन नै उनले बाल्यकालका आफ्ना आदर्श रोनाल्डोसँगै पोर्चुगललाई युइएफए नेसन्स लिगको उपाधि दिलाएका थिए। तर, अब विश्व फुटबलमा उनको करियरमा पूर्णविराम लागेको छ। जोटाको निधनप्रति उनकै आदर्शले पनि दुःख व्यक्त गरेका छन्। ‘यसले कुनै अर्थ राख्दैन। केही समयअगाडि मात्र हामी राष्ट्रिय टोलीमा सँगै थियौं,’ रोनाल्डोले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। डिएगो जोसे टेइछेइरा डा सिल्भा पोर्चुगलको सहर पोर्टोमा सन् १९९६ को डिसेम्बर ४ मा जन्मिएका हुन्। जोटामा गोल गर्ने उत्कृष्ट क्षमता थियो, त्यही प्रतिभाका कारण नै उनी स्थानीय टोली गोन्डोमारबाट फुटबल करियर सुरुआ गर्न पाए। यहींबाट उनले आफूलाई पोर्चुगलको राष्ट्रिय टोली र लिभरपुलजस्तो विश्वको उत्कृष्ट क्लबसम्म पु¥याए।

सानैदेखि उनको सपना व्यावसायिक फुटबलर बन्ने थियो। तर, उनको यो सपना सहज थिएन। सन् २०२० मा लिभरपुलसम्मको यात्रा तय गर्दा जोटाले धेरै चुनौतीहरू पनि सामना गर्नुप¥यो। किनकि उनी एक सामान्य परिवारका सदस्य थिए। एन्फिल्डमा रहँदा उनले क्लबलाई मुख्य तीन उपाधि दिलाउन पनि सफल रहे। ‘१६ वर्षको हुँदासम्म मैले फुटबल खेल्नकै लागि पैसा तिरिरहेको थिएँ,’ जोटाले सन् २०२० मा नै एक कुराकानीका क्रममा भनेका थिए। सानै उमेरदेखि उनमा फुटबलप्रतिको लगाव थियो। फुटबल खेल्न जानका लागि उनी आफ्नो बुबासँग जिद्दी गर्थे र रुन्थे पनि। स्विमिङ र फुटबल सिक्ने उनको एउटा समय हुन्थ्यो। तर उनी आफ्नो बुबालाई फुटबल सिक्नका लागि लैजान कर गर्दथे।

गोन्डोमारबाट उनी पाकोस डे फेरेरा टोलीमा सामेल भए। जुन पोर्चुगलको सामान्य क्लब नै थियो। तर, पनि उनले यहाँ ठूलो छलाङ मारे। किनकि यहीबाट उनी स्पेनको चर्चित क्लब एटलेटिको मड्रिडमा आबद्ध भए। जहाँबाट जोटाको फुटबल करियरले उचाइ लिन पुग्यो। सुरुआतमा ट्रान्सफर हुनुपर्दा उनका लागि भने सहज भएन। एटलेटिकोबाट एउटा पनि प्रतियोगिताका खेल नखेली उनी पोर्टोमा लोनमा जानुप¥यो। त्यसपछि उनी इङ्लिस क्लब वुल्भरह्याम्प्टन वन्डरर्समा आबद्ध हुन पुगेका थिए। यही क्लबबाट उनले आफ्नो छबिलाई उचाइमा पु¥याउन सफल भए र इङ्ल्यान्डका क्लबको नजरमा पनि परे। अन्ततः लिभरपुलले उनलाई भिœयउाउन सफल भयो।

सन् २०१७ मा उनी वुल्भ्समा लोनमा आउँदा क्लब दोस्रो श्रेणीको लिगमा थियो। नुनो इस्पिरिटो सान्टाले त्यसअघिको सिजन पोर्टोको प्रशिक्षण गरेका थिए। त्यसपछि उनले जोटालाई इङ्लिस लिगमा ल्याएका हुन्। किनकि त्यहाँ उनले नुनोको मन जितेका थिए। प्रशिक्षकको विश्वास अनुरूप नै उनले प्रदर्शन पनि गरे।

पहिलो वर्ष नै उनकै प्रदर्शन प्रेरित वुल्भ्सले प्रिमियर लिगमा बढुवा भयो। प्रिमियर लिगमा पनि क्लबले उत्कृष्ट प्रदर्शन गर्दा जोटाको भूमिका महŒवपूर्ण थियो। यही समय लिभरपुलले पनि उपाधि जित्यो र उनलाई आफ्नो क्लबमा पनि भिœयायो। उनी ४१ मिलियन पाउन्डमा लिभरपुलमा आबद्ध भए। ‘मेरा बाल्यकालदेखि यहाँसम्म आइपुग्दा यात्रा कठिन रहे। त्यसैले लिभरपुलमा आबद्ध हुन अविश्वसनीय लागेको छ,’ उनले भनेका थिए।

तत्कालीन समयमा योर्गान क्लोपले पनि जोटा धेरै सम्भावना बोकेको खेलाडी भन्दै प्रतिक्रिया दिएका थिए। क्लोपले जोटालाई मोहमेद सलाह, साडियो माने, रोबर्टो फिरमिनोजस्तो उत्कृष्ट फरवार्ड लाइनमा सामेल पनि गरेका थिए। ‘अग्रपंक्तिका तीन खेलाडीलाई चुनौती दिने उद्देश्यले आएको हुँ भन्नेमा म स्पष्ट छु। म यहाँ वैकल्पिक खेलाडीका लागि आएका होइन,’ जोटाले एक अन्तर्वार्ताका क्रममा भनेका थिए।

उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दा मेरो स्तर पनि बढ्नेछ भन्नेमा विश्वस्त रहेको उनको भनाइ थियो। त्यसैले पनि उत्कृष्ट फरवार्ड लाइन भएको टोली लिभरपुलमा आएको जोटा बताउने गर्थे।

लक्ष्यअनुरूप जोटाको सफलता

लिभरपुलबाट प्रिमियर लिग डेब्युमा नै उनले प्रभाव जमाएका थिए। लिभरपुलले आर्सनलविरुद्ध ३–१ को जित निकाल्दा उनले उत्कृष्ट प्रदर्शन गर्दै आठ मिनेटमै गोल गरे। च्याम्पियन्स लिगमा एटालान्टाविरुद्ध पनि उनले ह्याट्रिक गरेका थिए। साथै आर्सनल र म्यानचेस्टर युनाइटेडजस्ता प्रतिद्वन्द्वी टोलीहरूविरुद्ध पनि गोल गरेका छन्।

पहिलो सिजनमा उनले १३ गोल गरे। तर पनि लिभरपूलले उपाधि उचाल्न सकेन। अर्को सिजनमा पनि उनले २१ गोल गरेर आफ्नो रेकर्ड बढाए। यस सिजन लिभरपूलले एफए कप र इङ्लिस लिग कपको जित्यो। तर, प्रिमियर लिग र च्याम्पियन्स लिगमा भने उपविजेतामा नै सीमित बन्न पुग्यो। गत सिजनमा उनले प्रिमियर लिग उपाधि जिताएका थिए।

अप्रिलमा एभर्टनविरुद्ध उनले गरेको गोल नै क्लबका लागि अन्तिम बन्यो। त्यही गोलले नै लिभरपुललाई उपाधि जित्नका लागि महŒवपूर्ण पनि थियो। लिभरपुलको लागि उनले कुल १८२ खेलमा ६५ गोल गरेका छन्। प्रिमियर लिग उपाधि पछि नै उनी गत जुनमा रोनाल्डोसँग नेसन्स लिग जित्न सफल भए।

यो उनको करियरमा देशका लागि दोस्रो उपाधि पनि हो। उनले राष्ट्रिय टोलीका लागि ४९ खेलमा १४ गोल गरेका छन्। गत जुनमा नेसन्स लिगको ट्रफी उचालेर गर्वित मुस्कानका साथ उनी फोटो खिचाउँदै थिए। त्यही उपाधि नै उनको लागि अन्तिम बन्न पुग्यो। ‘तीन हप्ताअघि, डियोगो जोटालाई युइएफए नेसन्स लिग फाइनलपछि पदक बाँड्दै गर्दा सम्मानित भएको अनुभव गरेको थिएँ। यो खुसी, गर्व र उत्सवको क्षण थियो जो अब दुःखको साथ सधैं सम्झनामा बस्नेछन्,’ युइएफए अध्यक्ष अलेक्जेन्डर सेफेरिनले भने,‘मैदानमा उनको जोस र ऊर्जाले सबैलाई प्रेरित गर्दथ्यो। दुख लाग्छ कि यस्तो खुसी र सम्भावनाले भरिएको जीवन यति चाँडो अन्त्य भयो।’

विवाहको १० दिनपछि निधन

उनी जुन २२ मा आफ्नी जीवनसाथी र तीन सन्तानकी आमा रुट कार्डोसोसँग विवाह बन्धनमा बाँधिएका थिए। विवाह भएको १० दिनपछि उनले कार दुर्घटनामा ज्यान गुमाएका हुन्। ‘हो, सधैंको लागि,’ उनले सामाजिक सञ्जालमा आफ्नो विवाहको तस्बिर राख्दै लेखेका थिए। उनका पूर्वप्रशिक्षक क्लोपले आफू ‘मर्माहत’ भएको उल्लेख गरेका छन्। ‘यहाँ कुनै ठूलो उद्देश्य हुनुपर्छ। तर म देख्दिनँ,’ क्लोपले लेखेका छन्, ‘डिएगो उत्कृष्ट खेलाडी होइनन्।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर