नेभिगेसन मेनु

पञ्चशील सिद्धान्तमा आधारित नेपाली–चिनियाँ सैन्य सम्बन्ध अतुलनीय : प्रधानसेनापति सिग्देल
सम्पादक:南亚网络电视
समय:2025-07-13 11:55


IMG_3355

एस् ए टी भी २९ असार, काठमाडौँः नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई अतुलनीय भन्दै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्ध सुमधुर रहेको बताएका छन्। जनमुक्ति सेनाको ९८ औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ दूतावासद्वारा आयोजित स्वागत समारोहमा बोल्दै उनले कोभिड महामारी र भूकम्पपछिको पुनर्निर्माणमा जनमुक्ति सेनाले गरेको सहयोगप्रति आभार प्रकट गरे। सिग्देलले विपद् व्यवस्थापन, उद्धार, संयुक्त सैन्य अभ्यास तथा साझा चासोका विषयमा दुई सेनाबीच सधैं सहकार्य हुँदै आएको पनि बताए।

IMG_3368

समारोहमा चीनका राजदूत छन सोङले जनमुक्ति सेनाको शान्ति, सहयोग र साझा भविष्य निर्माणमा केन्द्रित भूमिकाको चर्चा गर्दै नेपाल–चीन मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता दोहोर्‍याए। चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्ष पुगेको सन्दर्भमा दुवै देशबीच सहकार्य र साझेदारीका कार्यक्रम कार्यान्वयन भइरहेका पनि उनले उल्लेख गरे।

IMG_3252

सैनिक सहचारी ल्यु कोछङले जनमुक्ति सेनाले संयुक्त राष्ट्रसंघको आह्वानमा द्वन्द्वग्रस्त मुलुकहरूमा सुरक्षा र मानवीय सहायतामा सक्रिय भूमिका खेलिरहेको जानकारी दिए। कार्यक्रममा चिनियाँ सैन्य इतिहास तथा जन सेनाको बारेमा तस्वीर पनि प्रदर्शन गरिएका थिए।

IMG_3224

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर