नेभिगेसन मेनु

भारतका प्रधानमन्त्रीलाई घानाको सर्वोच्च सम्मान
सम्पादक:南亚网络电视
समय:2025-07-03 12:52


ghana

एस् ए टी भी १९ असार, काठमाडौँः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुधबार घानाको सर्वोच्च सम्मान ’द अफिसर अफ द अर्डर अफ द स्टार अफ घाना’ द्वारा सम्मानित गरिएको छ। यससँगै भारत र घानाबीच ४ वटा फरक–फरक समझदारीपत्रमा पनि हस्ताक्षर गरिएको छ।सर्वोच्च सम्मान प्राप्त भएपछि प्रधानमन्त्री मोदीले भने– ‘घानाबाट सम्मानित हुनु मेरो लागि गर्वको कुरा हो।’ यसअघि उनले घानाका राष्ट्रपति जोन महामासँग संयुक्त वक्तव्य पनि जारी गरेका थिए। मोदीले भने कि भारत र घाना दुवै आतंकवादलाई मानवताका लागि खतरा मान्छन् र यसविरुद्ध सँगै मिलेर काम गर्नेछन।

मोदीले थपे– ‘यो समय युद्धको होइन, संवाद र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने समय हो।’ दुबै देश संयुक्त राष्ट्रसंघमा सुधारको पक्षमा छन्। साथै, पश्चिम एशिया र युरोपमा चलिरहेको द्वन्द्वप्रति चिन्ता पनि व्यक्त गरेका छन्।प्रधानमन्त्री मोदीले भने– ‘भारत र घानाबीचको व्यापार २५ हजार करोड रुपैयाँ नाघिसकेको छ, र आगामी ५ वर्षमा यसलाई दोब्बर बनाउने लक्ष्य राखिएको छ। उनले घानाका राष्ट्रपति जोन महामालाई भारत भ्रमणको निमन्त्रणा पनि दिएका छन्।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर