नेभिगेसन मेनु

नोबेल पुरस्कार विजेता चिनियाँ लेखकका कथा तथा उपन्यासिकाहरू अब नेपालीमा
सम्पादक:南亚网络电视
लेखक:मनोज न्यौपाने
समय:2025-06-14 14:41


IMG_5869

एस् ए टी भी ३१ जेठ, काठमाडौँ: चिनियाँ साहित्यमा मो यान एक प्रतिष्ठित नाम हो। चीनको शान्तोङमा जन्मिएका कुआन मोये जो पछि गएर साहित्य जगतमा मो यान बनेर चिनिए। मो यानको अर्थ हुन्छ 'न बोल' । मो यान विश्व जगतमा, लोक कथा, इतिहास र वर्तमान परिप्रेक्ष्यलाई कोमल मिलन दिँदै भ्रमात्मक यथार्थ लेख्ने लेखन शैली भएका लेखक मानिन्छन्। रेड सोर्घम, द गार्लिक बल्लार्डस् जस्ता फिक्सन प्रकाशित गरेका उनै लेखक मो यानले सन् २०१२मा विश्व प्रसिद्ध नोबेल साहित्य पुरस्कार प्राप्त गरेका थिए।

IMG_5858

उनै चर्चित साहित्यकार मो यानका १७ कथाहरू तथा २ उपन्यासिका समेटेर पब्लिकेसन नेपालयले 'मो यान कथा र उपन्याषिका' नामक पुस्तक डा. सर्वोत्तम श्रेष्ठको अनुवादमा नेपाली अनुवाद प्रकाशन गरेको छ। ५० भन्दा बढी भाषामा मो यानका सिर्जना अनुवाद भैसकेको अवस्थामा नजिकैको छिमेकी नेपाली भाषामा अनुवाद तथा प्रकाशन भएको थिएन। आज उनका कथाहरूले पहिलो पटक नेपाली पाठकको हात हातमा पर्ने मौका पाएका छन्।

IMG_5864

पुस्तक विमोचन समारोहमा नेपाल तथा चिनियाँ साहित्य तथा प्रकाशन सम्बद्ध विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। विमोचन कार्यक्रममा नेपाली आख्यान जगतमा बेग्लै पहिचान बनाएका कुमार नगर्कोटी, कवि विप्लव प्रतीक, आख्यानकार तथा विश्लेषक नारायण वाग्ले लगायतको उपस्थिति रहेको थियो।

IMG_5860

पुस्तक विमोचन पूर्व आख्यानकार नगरकोटीले आफ्नै शैलीमा पुस्तक पठनको अनुभव सुनाए। उनले मो यानको लेखन शैली जादुमयी रहेको र उनको स्थान संसारका बडे बडे लेखकहरू सङ्गै हुनु पर्ने धारणा स्वरूपको विचार फरक शैलीमा पेस गरे। भारतीय, फारसी, फ्रेन्च, अङ्ग्रेजी भाषाका फिक्सन पढ्दै गरेका पाठकलाई यो पुस्तक र मो यानको लेखन शैलीले फरक स्वाद पस्कनेमा कुनै शङ्का नरहेको कुरा पनि उनले छुटाएनन्।

IMG_5879

अनुवादक सर्वोत्तम श्रेष्ठले भने आफू साहित्यिक व्यक्ति नभए ता पनि वर्षौँ चीन बसेको अनुभव र त्यहाँको साहित्यले नेपालको साहित्यलाई प्रभाव पार्न सक्ने देखेर यस अनुवाद कार्यमा लागेको बताए। आफुंले चीनमा गएर चिकित्सा शास्त्र पढेको र उक्त समय देखि नै चिनियाँ भाषामा दख्खलता बढ्दै गएको बताउँदै उनले चिनियाँ लोक तथा अन्य साहित्य नेपालीमा अनुवाद हुनुले दुई राष्ट्रको सांस्कृतिक अस्तित्वलाई पनि समेट्न सक्ने बताए। मो यानको लेखन त्यति क्लिष्ट नभएता पनि चिनियाँ हरू नै यस पुस्तक पढ्न नसक्ने बताउँदै गर्दा आफुँलाई कतै नेपाली पाठकलाई पनि त्यस्तै लाग्ला भन्ने डर पब्लिकेसन नेपालयका सम्पादकहरूको अथक प्रयासबाट विफल भएको र पुस्तक नेपालीमा निकै सरस र सरल बनेको मा उनले खुसी व्यक्त गर्दै धन्यवाद पनि अर्पण गरे।

IMG_5845

चिनियाँ प्राचीन कथाहरू लगायत गहन चिनियाँ पुस्तकहरूको उल्लेख्य मात्रामा नेपाली अनुवाद तथा प्रकाशन हुनुले नेपाल चीन सांस्कृतिक आदान प्रदान तथा सहअस्तित्वलाई दर्साउँछ। यसले दुई देशको मैत्री सम्बन्धमा अर्को नयाँ अध्याय थप्नेमा कार्यक्रममा उपस्थित सहभागीहरूले विचार व्यक्त गरेका थिए।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर