नेभिगेसन मेनु

बौद्धनाथ क्षेत्र विकास समितिको २९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
सम्पादक:南亚网络电视
समय:2025-07-13 12:08


IMG_3481

एस् ए टी भी २९ असार, काठमाडौँःबौद्धनाथ क्षेत्र विकास समितिको २९ औँ वार्षिकोत्सव हिजो काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको छ। २९ वर्षको उपलक्षमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

IMG_3680

कार्यक्रममा नेपाल सरकार रक्षा मन्त्री माननीय मानवीर राइ, प्रतिनिधि सभा सदस्य माननीय सन्तोष चालिसे, पूर्व मन्त्री कान्छाराम तामङ , विभिन्न स्थानका जनप्रतिनिधिहरू, पूर्व राजदूत, सरकारी निकायका पदाधिकारी लगायतको सम्मानजनक उपस्थिति रहेको थियो।

IMG_3550

परम पुजनीय लोप्साङ नाम्गेल रिम्पोछेको प्रत्यक्ष उपस्थितिमा आयोजित कार्यक्रममा बोल्दै बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मोहन कुमार तामाङले बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथको प्रचार प्रसार तथा स्याहार सम्भारमा अहोरात्र खटिरहेको बताउँदै आगामी दिनमा यसको सिलसिला अझै बेजोडताकासाथ हुने बताए।

IMG_3530

माननीय रक्षा मन्त्री मानवीर राईले बौद्धनाथ विश्वकै पूराना मध्येको एक बौद्ध स्तुप रहेको र यो बौद्ध हरूको मुख्य धार्मिक अनुष्ठानको स्थल रहेको भन्दै यसको प्रचार प्रसारमा कुनै कसर छोड्न नहुने राय व्यक्त गरे। उनले आफु पनि बौद्ध दर्शन र धार्मिक परम्पराको अनुयायी भएको स्मरण गर्दै बुद्धका सुन्दर वाणीहरूको अनुसरण गर्न सके मानिसको चोला सफल हुने पनि बताए।

IMG_3700

कार्यक्रममा ७५ वर्ष भन्दा बढि उमेर पुगेका ज्येष्ठ नागरिकलाई विशेष सम्मान पनि गरिएको थियो। साथसाथै बौद्धनाथको अस्तित्व बारे समेटिएका तस्वीरहरू भएको पुस्तक पनि विमोचन गरिएको थियो भने विभिन्न सांस्कृतिक झाँकीहरू पनि प्रस्तुत गरिएका थिए।

IMG_3687

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर