नेभिगेसन मेनु

भारतका विदेशमन्त्रीले भेटे चिनियाँ राष्ट्रपति, यी हुन् छलफलका विषय
सम्पादक:南亚网络电视
समय:2025-07-15 13:50


xi and jayshanker

एस् ए टी भी ३१ असार २०८२, काठमाडौँः भारतका विदेशमन्त्री एस. जयशंकरले मंगलबार बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका छन्। एस. जयशंकरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यो बैठकबारे जानकारी दिएका हुन्।

जयशंकरले लेखेका छन्, ‘मैले उनलाई (सी जिनपिङ) हामी (भारत र चीन) बिचको द्विपक्षीय सम्बन्धमा हालै भएका विकासबारे जानकारी गराएँ। हामी यो सम्बन्धमा हाम्रा नेताहरूको मार्गदर्शनलाई धेरै महत्त्वपूर्ण ठान्छौं।’

उनी सांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन चीन पुगेका छन्।

यसअघि सोमबार एस. जयशंकरले चिनियाँ समकक्षी वाङ यीलाई भेटेका थिए।

बैठकपछि उनले भारत र चीनबिचको द्विपक्षीय सम्बन्ध लगायत सीमा सम्बन्धी मुद्दाहरू समाधान गर्ने बारेमा छलफल भएको बताएका थिए। 

सन् २०२० मा पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको सैन्य गतिरोध र त्यसपछि दुई देशबीचको सम्बन्धमा आएको तनावपछि विदेशमन्त्री एस. जयशंकरको यो पहिलो चीन भ्रमण हो।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर