नेभिगेसन मेनु

तालको सौन्दर्यीकरण सम्पन्न
सम्पादक:南亚网络电视
समय:2025-07-03 12:22


rajarani tal

एस् ए टी भी १९ असार, काठमाडौँः मोरङको लेटाङ नगरपालिका–१ स्थित राजारानीको संरक्षण तथा सौन्दर्यीकरण कार्य सम्पन्न भएको छ । भौतिक प्रगति शतप्रतिशत पूरा भए पनि वित्तीय प्रगति ७६.४२ प्रतिशत मात्र भएकाले आयोजनाको औपचारिक उद्घाटन भने हुन सकेको छैन । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत तालपरिसरको संरक्षण र सौन्दर्यीकरण कार्यव्रmम सञ्चालन भएको हो । 

लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीका अनुसार कुल लागतको ३५ प्रतिशत नगरले र ६५ प्रतिशत मन्त्रालयले बेहोर्ने गरी आयोजना सञ्चालन भएको हो । राजारानीताल संरक्षण तथा सौन्दर्यीकरण आयोजनाका लागि १२ करोड रुपियाँको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाइएको थियो ।

निर्माण कम्पनी सिएम जोशी स्लेट जेभी र नगरपालिकाबिच २०७८ जेठ ३१ गते पाँच करोड ६० लाख ९८ हजार ११२ रुपियाँमा निर्माण सम्झौता भएको थियो तर आयोजनाको शिलान्यास छ महिनापछि २०७८ मङ्सिर २ गते लेटाङ नगरपालिकाका तत्कालीन नगरप्रमुख शङ्कर राईले गर्नुभयो । ४२ प्रजातिका दुर्लभ सुनाखरी पाइने यस स्थानमा तीन वटा अलग अलग पोखरी छन् । राजा, रानी र राजकुमारी पोखरी नाम दिइएका ती पोखरीपरिसरमा दुर्लभ कछुवा, अजिङ्गर, सर्प र चराचुरुङ्गी पाइन्छन् । राजारानी क्षेत्रको अर्को ऐतिहासिक पक्ष पनि छ । यो झापा, मोरङ र सुनसरी जिल्लामा बस्ने अल्पसङ्ख्यक धिमाल समुदायको उद्गमस्थल हो । यद्यपि हाल उक्त क्षेत्रमा धिमाल समुदायको स्थायी बसोबास छैन । धिमाल राजा युद्ध गर्न मधेश झरेपछि राजाले युद्ध हारे । युद्ध हारको पीडाले राजाकी श्रीमती छोरीसहित पोखरीमा हामफालेर मरे । त्यसैका आधारमा तीन वटा पोखरीलाई राजा, रानी र छोरी (राजकुमारी) पोखरी भनेर नामकरण गरिएको किंवदन्ती छ । त्यहाँ धिमाल समुदायसँग जोडिएका थुप्रै ऐतिहासिक महìवका पुराताìिवक वस्तु फेला परेपछि नगरले त्यसको संरक्षण सुरु गरेको छ । 

ती पोखरीको छेउमा मगर जातिका पुजारीद्वारा पूजा गरिँदै आएको ऐतिहासिक राजारानी मन्दिर पनि रहेको छ । हाल दैनिक २५० देखि तीन सय जनासम्म अवलोकनकर्ता पुग्ने गरेको वडा नं. १ का वडाध्यक्ष विष्णुकुमार मगरले बताउनुभयो । उहाँका अनुसार राजारानी पोखरी क्षेत्र ३२ हेक्टरमा फैलिएको छ । हाल पोखरी वरिपरि हिँड्ने पैदल पथ, ठाउँ ठाउँमा टहरा विद्युतीकरण, बस्ने फलैचा निर्माण गरिसकिएको छ । कोशी प्रदेशको राजधानी विराटनगरबाट करिब ५० किलोमिटर उत्तरमा अवस्थित यस क्षेत्रमा हाल धमाधम होमस्टे सञ्चालन हुन थालेका छन् ।

ठेक्का अङ्कमध्ये हालसम्म चार करोड २८ लाख ५७ हजार ६२० रुपियाँ मात्र निर्माण कम्पनीलाई भुक्तानी भएको छ । बाँकी रकम संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नपठाएकोले भुक्तान हुन बाँकी रहेको नगरपालिकाका इन्जिनियर भानुभक्त राईले बताउनुभयो । हालसम्म दुई करोड २६ लाख ३८ हजार नौ सय रुपियाँ मात्र मन्त्रालयबाट निकासा भएको इन्जिनियर राईको भनाइ छ । 

लेटाङ नगरपालिकाले बेहोर्नुपर्ने ३५ प्रतिशत एक करोड ९६ लाख रुपियाँ हुन्छ । अब नगरले छदेखि सात लाख रुपियाँ दिन बाँकी रहेको नगरप्रमुख भूपेन्द्रकुमार लावतीले जानकारी दिनुभयो । उहाँका अनुसार राजारानी क्षेत्र लेटाङ नगरको पहिलो पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको छ । तराईको नगरपालिका भए पनि गुराँस फुल्ने लेकदेखि साल फुल्ने तराईसमेत रहेको यो नगरपालिका पर्यटकीय दृष्टिले मोरङको सुन्दर नगरपालिकाभित्र पर्छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर