नेभिगेसन मेनु

बाँकेमा साइबर अपराधका उजुरी बढे
सम्पादक:南亚网络电视
समय:2025-07-02 11:55


cyber aparadh

एस् ए टी भी १८ असार, काठमाडौँः जिल्ला प्रहरी कार्यालयमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा तीन सय नौ साइबर अपराधसम्बन्धी उजुरी परेका छन्, जसमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका छन्।  

दर्ता भएका उजुरीमध्ये दुई घटनाको मुद्दा दर्ता भएको छ। दुवै घटना विद्युतीय अपराधसँग सम्बन्धित छन्। आव २०८०/८१ मा दुई सय सत्तरी उजुरी परेका थिए, जसमध्ये एउटा घटनाको मात्र मुद्दा दर्ता भएको थियो। आव २०७९/८० मा एक सय छ, आव २०७८/७९ मा अट्ठापन्न उजुरी साइबर अपराधसम्बन्धी परेका थिए। विदेशबाट पनि साइबर कानुन उल्लङ्घन भएको पाइएको छ।  

साइबर कानुन उल्लङ्घन फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालबाट हुने गरेको प्रहरीको भनाइ छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर