एस् ए टी भी १४ ज्येष्ठ, काठमाडौँः चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवको उपलक्षमा नेपाल तथा चीनका सगरमाथा आरोहीहरु समेटेर अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपालले अखिल नेपाल फूटबल संघ(एन्फा) को प्राविधिक सहयोगमा सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा माउण्ट एभरेस्ट फूटबल प्रतियोगीता आयोजना गरेको छ।
विभिन्न समयमा सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका आरोहीहरूले सुन्दर खेल प्रस्तुत गरेका थिए। खेलमा नेपालको प्रतिनिधित्व गरेको सगरमाथा फूटबल टोलीली चीनको प्रतिनिधित्व गरेको चोमोलोङ्मा फूटबल टोलीलाई ४-१ को अन्तरमा हराएको हो।
उक्त खेलका तस्विरहरूः