नेभिगेसन मेनु

जनकपुरधामको अन्तः गृह परिक्रमासँगै मिथिला माध्यमिकी परिक्रमा
सम्पादक:南亚网络电视
समय:2023-03-07 15:30

1

जनकपुरधाम, फागुन २३ गते । जनकपुरधामको अन्तः गृह परिक्रमासँगै १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न भएको छ । 

धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ठेरा कचुरीको मिथिला बिहारीे मन्दिरबाट फागुन ८ गतेदेखि भगवानको डोला निस्केपछि १५ दिने परिक्रमा आरम्भ भएको थियो । परिक्रमामा सहभागी श्रद्धालु भक्तजनले नेपाल र भारतका विभिन्न विश्राम स्थल पार गर्दै सोमबार जनकपुरधाम पुगेर बास बसी आज (मङ्गलवार) बिहान स्नान गरी पूजापाठ गरेर जनकपुरधामको अन्तः गृह परिक्रमा गरेपछि मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको हो । 

अन्तः गृह परिक्रमालाई पञ्च कोसी परिक्रमा पनि भनिन्छ । अन्तः गृह परिक्रमामा माध्यमिकी परिक्रमामा सहभागी नभएकाहरू समेत सहभागी हुने गर्दछन् । यो परिक्रमापछि मिथिलाञ्चलमा होली सुरु भएको मानिन्छ । अन्तः गृह परिक्रमापश्चात् जनकपुरधाममा होली मनाउने परम्परा बनेको छ ।

नेपाल र भारत दुवै देशको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ वटा विश्रामस्थल छन् । परिक्रमामा सहभागी यात्रीहरूले नेपालका १०७ र भारतका २६ गरी १३३ किलोमिटर पैदल यात्रा तय गर्छन् । जसमा ठेरा कचुरीबाट भएको परिक्रमा जनकपुरधामको हनुमाननगर(हनुमानगढी) हुँदै भारतको कल्याणेश्वर र गिरिजास्थानमा विश्राम गर्ने गरिन्छ । त्यसपछि मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोसर, औरही हुँदै पुनः भारतको विशौल हुँदै कल्याणेश्वर पुग्ने गर्दछ । त्यसपछि जनकपुरधाम आएर अन्तः गृह परिक्रमापछि पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमा समापन हुने गरेको छ । 

जनकपुरधामको अन्तः गृह परिक्रमा समापनपश्चात् परिक्रमाका सहभागीहरू आ–आफ्नो घर फर्किन्न्छन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर