नेभिगेसन मेनु

काठमाडौँ महानगरपालिकाको बजेट आउँदै
सम्पादक:南亚网络电视
समय:2025-07-13 12:01

 

 

  WeChat截图_20250713094344

एस् ए टी भी २८ असार, काठमाडौँः  काठमाडौँ महानगरपालिकाको बजेट आइतबार आउँदै छ । आज दिउँसो २ बजे नगर सभाको बैठकमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत हुनेछ ।

शुक्रबार बसेको कार्यपालिका बैठकमा आइतबार बजेट ल्याउने निर्णय महानगर प्रमुख बालेन्द्र शाह(बालेन)ले सुनाएका थिए ।  बजेटको मिति घोषणा अघि महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले पूर्वाधारमा बजेट थप्ने निर्णय गरेको थियो । 

बालेनको अध्यक्षतामा महानगरको कार्यालय काठमाडौँ प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण गरेको थियो ।

आगामी आर्थिक वर्षको बजेटमा  आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ ।

 
 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर