नेभिगेसन मेनु

भक्तपुरको डोलेश्वरमा आजदेखि साउनी मेला
सम्पादक:南亚网络电视
समय:2025-07-17 12:32


doleshwor

एस् ए टी भी १ साउन २०८२, काठमाडौँः प्रत्येक वर्षजस्तै यस वर्ष पनि भक्तपुरको केदारनाथको शिर डोलेश्वरमा आजदेखि साउनी मेला सुरु भएको छ। एक महिनासम्म लाग्ने मेलाबाट एक करोड भेटी संकलन गर्ने लक्ष्य राखिएको छ। गत वर्षको साउनी मेलामा एक करोड भेटी संकलन भएको थियो। केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले भने, ‘यो वर्ष पनि घटीमा एक करोड भेटी संकलन गर्ने लक्ष्य राखेका छौं।’

समितिका अध्यक्ष बस्नेतका अनुसार मेलामा देशविदेशबाट आएका भक्तजनले मन्दिरमा भेटी चढाउँछन्। साथै मेला अवधिभर भीडभाड अत्यधिक हुने भएकाले एक हजार रूपैयाँ तिरेर लाइनमा नबसी छुट्टै दर्शन गर्न पाउने व्यवस्था छ। यसबाट पनि संरक्षण समितिको आम्दानी बढ्छ।

बस्नेतका अनुसार यो वर्ष पनि साउन १ देखि सुरु भई भदौ ६ सम्म मेला हुनेछ। मेलाका क्रममा साउन १ गते बिहान सात बजे चन्द्रविनायक मन्दिरबाट डोलेश्वर मन्दिरसम्म कलश यात्रा सुरु हुने छ। यसको बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाबाट उद्घाटन गर्नेछन्।

यस्तै साउन ३ र ५ गते पण्डित बालकृष्ण अर्यालबाट धार्मिक प्रवचन एवं कलाकारबाट भजनकीर्तन हुने छ। मेलाकै क्रममा साउन १० र १२ गते सुमी मानवबाट धार्मिक प्रवचन एवं कलाकारबाट भजनकीर्तन हुने छ। साउन १७ र १९ गते पनि भजनकीर्तन हुने छ। साथै साउन २४ र २६ गते पण्डित जनार्दन पौडेलबाट धार्मिक प्रवचन हुने छ। भदौ ६ मा वार्षिकोत्सव तथा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाबाट साउनी मेला समापन हुने छ।

पत्रकार सम्मेलनमा केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बस्नेतले मेलामा विगत वर्ष झैं यस वर्ष पनि उल्लेख्य मात्रामा दर्शनार्थी आउने हुनाले समितिले विभिन्न उपसमिति गठन गरी कार्य बाँडफाँट गरेको जनाए। साथै भक्तजनलाई सहज रूपमा दर्शन गराउन विभिन्न संघसस्था, टोल सुधार समिति, महिला समूहसँग समन्वय गरी साउन १ देखि मेला अवधिभर कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको उनले जनाए।

सुरक्षा व्यवस्थाका लागि सिसी टिभी जडान गरिएको, कार्यक्रम अवधिभर भक्तजनलाई सहज रूपमा दर्शन गराउन यथेष्ट स्वयंसेवक परिचालन गरिने जनाइएको छ। बस्नेतका अनुसार भक्तजनको आकस्मिक स्वास्थ्य परीक्षणका लागि रणशेर गण सूर्यविनायक भक्तपुर र अन्य अस्पतालबाट स्वास्थ्य शिविर सञ्चालन गरिने छ।

शान्तिसुरक्षाका लागि जिल्ला प्रहरीपरिसर, जगाती प्रहरी वृत तथा डोलेश्वर प्रहरी चौकीबाट प्रहरी परिचालन गरिने व्यवस्था मिलाइएको छ। यातायात व्यवस्थित गर्न महानगरीय ट्राफिक प्रहरीपरिसर सल्लाघारीबाट सहयोग लिइने जनाइएको छ।

पत्रकार सम्मेलनमा सूयविनायक नगरपालिका वडा नं ८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले आफ्नो वडामा रहेको डोलेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटन केन्द्र बनाउन सिंगो नगरपालिका लागिपरेको बताए। हिन्दुहरूको पवित्र तीर्थस्थल डोलेश्वर महादेव २०६६ साल भदौ ६ मा केदारनाथको शिर भागका रूपमा घोषणा भएको थियो। त्यसपश्चात् यसको गरिमा दिनप्रतिदिन बढ्दै छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर