नेभिगेसन मेनु

प्रधानमन्त्रीद्वारा माई नगर अस्पतालको उद्घाटन
सम्पादक:南亚网络电视
समय:2025-07-13 11:52

 

 

  516824648_764716465889065_489442245753363596_n_QIlVVbm1Ns

एस् ए टी भी २९ असार, काठमाडौँः  प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शय्याको अस्पताल शनिबार उद्घाटन गरेका छन् ।

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गर्नुका साथै बृहत् खानेपानी आयोजनाको शिलान्यास पनि गरेका हुन् ।सो पालिकाका एक सय ७६ अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहेको उल्लेख गर्दै देखिएका अरू समस्याको समाधानमा थप केन्द्रित हुनुपर्नेमा जोड दिए ।

मदन भण्डारी राजमार्ग यसै नगरपालिकाबाट जाने भएकोले आधुनिक तरिकाबाट व्यावसायिक उत्पादन र खेती तथा बजार विस्तारमा लाग्न स्थानीयबासीलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीलाई नगरप्रमुख खम्बा सिंह लिम्बूले मागपत्र बुझाएका थिए ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर