नेभिगेसन मेनु

होली पर्व सुरु, बसन्तपुरमा ठड्याइयो चिर
सम्पादक:南亚网络电视
समय:2023-02-27 15:05

无标题

काठमाडौँ — बसन्तपुरको हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ सोमबार तीनतले चीर ठड्याएको छ । यहाँ चीर ठड्याएपछि मुलुकभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

बिहान ७:४५ को शुभ साइतमा रंगीचंगी कपडाहरु झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको करिब ३२ फिट अग्लो बाँसको चीर ठड्याएका थिए । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एकापसमा अबिर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु गरेका थिए । त्यस अवसरमा गुरुजुको पल्टनले बन्दुक पडकाई बढाईं गरेका थिए ।

चीर उठाएको हेर्न बसन्तपुरमा स्थानीय र पर्यटकहरूको भीड लागेको थियो । ऋतुहरुका राजा बसन्त ऋतुको आगमनलाई नेपालीहरु त्यसरी नै एकापसमा रंग अबिर छ्यापी होली अर्थात फागु खेलेर स्वागत गर्ने परम्परा छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर