नेभिगेसन मेनु

पहिलो विम्बल्डन उपाधि हात पार्दै यानिक सिन्नरले रचेको इतिहास
सम्पादक:南亚网络电视
समय:2025-07-14 12:09


yanick sinner

एस् ए टी भी ३० असार २०८२, काठमाडौंः विश्व नम्बर १ यानिक सिन्नरले विम्बल्डन २०२५ को पुरुष एकल उपाधि जितेर इतिहास रचेका छन्। उनले पहिलो पटक यो प्रतिष्ठित उपाधि जित्दै विम्बल्डनको पुरुष एकलमा च्याम्पियन बन्ने पहिलो इटालियन खेलाडीको कीर्तिमान बनाए।

आइतबार राति लन्डनको अल इङ्गल्याण्ड क्लबको सेन्टर कोर्टमा भएको रोमाञ्चक फाइनलमा सिन्नरले स्पेनका कार्लोस अल्काराजलाई ४-६, ६-४, ६-४, ६-४ को सेटमा पराजित गरेका थिए। ३ घण्टा ४ मिनेट चलेको यो खेलमा सिन्नरले उत्कृष्ट प्रदर्शन गर्दै अल्काराजसँगको ३५ दिन पुरानो हारको बदला पनि लिए। गत ८ जुन २०२५ मा अल्काराजले सिन्नरलाई हराउँदै फ्रेन्च ओपन जितेका थिए।

जितपछि सिन्नरले भावुक हुँदै भने, ‘यो मेरो लागि धेरै विशेष छ। कोर्टभित्र र बाहिरका चुनौतीहरू मेरो टिम र नजिकका मानिसहरूलाई मात्र थाहा छ। म मेरो सपना बाँचिरहेको छु।’ उनले यसअघि अस्ट्रेलियन ओपन (२०२४, २०२५) र यूएस ओपन (२०२४) जितिसकेका छन्। 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर