नेभिगेसन मेनु

धनगढीमा दुई सय मिलिमिटर वर्षा, ठाउँ ठाउँमा डुबान
सम्पादक:南亚网络电视
समय:2025-06-30 15:48


dhangadhi dubaan

एस् ए टी भी १६ असार, काठमाडौँः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गत २४ घण्टामा २०० मिलिमिटर वर्षा भएको छ । अत्तरियास्थित महाकाली बेसिनका प्रमुख इन्जिनियर संजयकुमार साहका अनुसार यो वर्षामा धनगढीमा यति धेरै पानी पहिलो पटक परेको हो । 

धनगढीमा आइतबार दिउँसाेदेखि पानी परेको थियो । तर भारी वर्षा बिहान ४ बजेबाट हुन थाल्यो इन्जिनियर साहले भन्नुभयो, “अहिले पनि धनगढीमा पानी परिरहेको छ, रातिबाट कम हुने छ ।” 

उहाँका अनुसार धनगढीभन्दा बढी कञ्चनपुरको बेलौरीमा पनि २४ घण्टामा २६४.६ मिलिमिटर वर्षा भएको छ । कञ्चनपुरकै कृष्णपुर खल्लाकोटमा पनि १८४ मिलिमिटर वर्षा भएको छ । 

महाकाली बेसिनले सुदूपश्चिमका नौ वटै जिल्लामा मध्यम र हल्कास्तरको वर्षा भइरहेको छ । सुदूरश्चिममा यो साताभर मध्यमस्तरको वर्षा भइरहने पनि सो कार्यालयले जनाएको छ । 

वर्षाले दोदा नदीको बहाव बढेको छ । धनगढी लगायतका क्षेत्रमा भइरहेको वर्षाले मोहना नदी वरपरका बस्तीलाई प्रभाव पार्ने अनुमान गरिएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर